एजेन्सी । फिजीलाई कोरोनामुक्त देश घोषणा गरिएको छ । फिजी आफैँले कोरोनामुक्त देश भनी घोषणा गरेको हो ।
फिजीका प्रधानमन्त्री फ्र्याक बेनिमारामाले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो देशलाई कोरोनामुक्त देश भएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘फिजीको अन्तिम कोरोना बिरामी पनि ठीक भइसकेका छन्, हामीले दैनिक कोरोना परीक्षणको संख्या बढाउँदै हेरिरहेका छौँ ।
निरन्तर ४५ दिनसम्म कुनै पनि नयाँ कोरोना संक्रमण पाइएको छैन, साथै फिजीमा यस महामारीका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसैले हाम्रो रिकोभरी रेट दशप्रतिशत छ ।’
साथै उनले कडा मिहिनेत र विज्ञानमा विश्वास गरेर आफूहरूले यो सफलता पाएको पनि उल्लेख गरेका छन् ।
फिजीमा पहिलो कोरोना संक्रमण गत मार्च महिनाको मध्यतिर देखिएको थियो । त्यसपछि त्यहाँ कुल १८ जनामा कोरोना पोजेटिभ पाइएको थियो । उनीहरू सबै निको भइसकेको बताइएको छ ।
फिजीको कुल जनसंख्या नौ लाख रहेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गत अप्रिलदेखि त्यहाँ निश्चित भू–भागमा लकडाउन लागू गरिएको थियो ।