इलामका चार स्थानीय तहको बजेट ३ अर्ब ३८ करोड

बजेट

  सरलपाटी सम्वाददाता

 943 पटक हेरिएको

इलाम।विहीबारसम्म इलामका चार स्थानीय तहको बजेट पारित भएको छ । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, देउमाई नगरपालिका, माइजोगमाई गाउँपालिले बजेट पारित गरेका छन् । अन्य पालिकाको सभा शुरु भएपनि बजेट पारित भइसकेको छैन । इलाम नगरपालिकाले एक अर्ब तीन करोड, सूर्योदय नगरपालिकाले एक अर्ब १७ करोड र देउमाई नगरपालिकाले ७२ करोड रुपैयाँ र माइजोगमाई गाउँपालिकाले ४५ करोड रुपैयाँको बजेट पेश पारित गरेको छ । माई नगरपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको सभा शुरु भएपनि बजेट पारित भइसकेको छैन ।

इलाम नगरपालिकाको बजेट १६ करोडले बजेट बढ्यो
इलाम नगरपालिकाले आगामी आर्थिक वर्षको २०७७।०७८ चालु आर्थिक वर्षको तुलनामा १६ करोड ९० लाख ९० हजार रुपैयाँ बढि रुपैयाँ रकमको बजेट पारित गरेको छ । नगरपालिकाले आगामी आवको लागि एक अर्ब तीन करोड ३७ लाख १२ हजार रुपैयाँ रुपैयाँको बजेट पारित गरेको हो । चालुआवको लागि पाँचौ नगरसभाले ८६ करोड ८२ लाख २२ हजार रुपैयाँको बजेत तथा कार्यक्रम पारित गरेको थियो । नगरपालिकाले आन्तरिक श्रोतबाट २३ करोड ४७ लाख ८० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ । आन्तरिक आय तर्फ एक करोड ऋण उठाउने प्रस्ताव गरेको छ । त्यस्तै संघीय सरकारबाट ६४ करोड ११ लाख ८० हजार दुईसय ९० रुपैयाँ आम्दानी हुने, प्रदेश सरकारबाट चार करोड पचासी लाख असि हजार रुपैयाँ आम्दानी हुने, राजश्व बाडफाडबाट एघार करोड २७ लाख ७१ हजार सात सय दुई रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । व्यय तर्फ कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा १२ करोड १२ लाख पचास हजार रुपैयाँ, वडास्तरीय योजना तथा कार्यक्रमहरुमा आठ करोड पाँच लाख रुपैयाँ, नगरस्तरीय योजना तथा कार्यक्रमहरुमा ३७ करोड ८० लाख ६२ हजार रुपैयाँ विनियोजन गरिएके छ । संघीय सरकारको विषयगत शसर्त योजना कार्यक्रहरुमा ३३ करोड ७५ लाख, सामाजिक सुरक्षा भत्तामा १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नगरसभाले मालपोत र व्यवसाय करमा अघिल्लो वर्षको तुलनामा १० देखि २५ प्रतिशत कर छुट गरेको छ । होटल र सूनचाँदी व्यवसायीको लागि व्यवसाय करमा २५ प्रतिशत र अन्य व्यवसायको लागि १० प्रतिशत कम हुने गरि कर समायोजन गरिएको नगरपालिका प्रमुख महेश बस्नेतले जानकारी दिए । नगरपालिकाले मालपोत करमा पनि १० देखि २५ प्रतिशतसम्म कर घटाएको छ । १० रोपनीसम्म जग्गा हुनेलाई अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत, १० देखि २० रोपनीसम्म जग्गा हुनेलाई १५ प्रतिशत र त्यसभन्दा बढि जग्गा हुनेलाई १० प्रतिशत कर छुट गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कृषिलाई प्राथमिकताको साथ बजेट विनियोजन गरेको बताएको छ । पूर्वधार विकासको काममा पनि श्रमशक्ति प्रयोग हुने योजनालाई प्राथमिकता दिने नगरप्रमुख बस्नेतको भनाई छ ।

सूर्योदयको बजेट एक अर्ब १७ करोडको
इलामको सूर्योदय नगरपालिको एक अर्ब १७ करोड १० लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले पूर्वाधार विकासमा ३३ करोड ६९ लाख २३ हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सामाजिक विकास तर्फ ४२ करोड चार लाख चार हजार रुपैया, आर्थिक विकास तर्फ २० करोड ४३ लाख ९८ हजार रुपैयाँ र सुशासन अन्तर निहित क्षेत्रमा ७ करोड ३८ हजार २० हजार रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेटमा ५८ करोड ५० लाख ८४ हजार रुपैयाँ पुजीगत, र प्रशासनिक खर्च ५८ करोड ५९ लाख ५३ हजार रहेको वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले बताए । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा विकास बजेट ४९ दशमलव ९६ प्रतिशत र प्रशासनिक खर्च ५० दशमलव ४ प्रतिशत रहेको छ ।

देउमाईको ७२ करोड बजेट
इलामको देउमाई नगरपालिकाले आगामी आर्थिक बषर्काको लागि ७२ करोड ६३ लाख ७७ हजार रुपैयाँको बजेट नगरसभाले पारित गरेको छ । बजेटमा आम्दानी तर्फ सशर्त अनुदान मार्फत संघीय सरकारबाट २६ करोड ५० लाख र प्रदेश सरकारबाट ११ लाख ७१ हजार गरी कुल २६ करोड ६१ लाख ७१ हजार रुपैया रहेको छ । समानिकरण अनुदानका लागि संघीय सरकारबाट ११ करोड ८२ लाख र प्रदेश सरकारबाट ७१ लाख ९३ हजार गरी कुल १२ करोड ५३ लाख ९३ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । राजस्व बाडँफाडबाट संघबाट ८ करोड ६१ लाख ६३ हजार ६६० र प्रदेश सरकारबाट ६२ लाख १६ हजार गरी कुल ९ करोड २३ लाख ७९ हजार ६६० रुपैया अनुमान गरिएको छ । समपुरका अनुदान तर्फ संघीय सरकारबाट २ करोड ३२ लाख र प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैया गरी कुल ४ करोड ८२ लाख रुपैया अनुमान गरिएको छ ।
संघीय सरकारबाट आगामी आर्थिक बर्षको लागि १ करोड रुपैया बिशेष अनुदानको अनुमान गरिएको छ । त्यसैगरी आन्तरिक आय आगामी बर्षको लागि १८ करोड ४२ लाख ३३ हजार ३४० रुपैया अनुमान गरिएको नगरपालिकाका सुचना अधिकारी गोविन्दराज बास्तोलाले जानकारी दिए ।
नगरको आगामी आर्थिक बर्षको खर्च तर्फ चालु खर्चमा १३ करोड ३४ लाख ८७ हजार तथा पुँजीगत तर्फ १६ करोड २१ लाख ४९ हजार रहेको छ । नगरले ९ वटै वडामा ४० लाखको दरले विनियोजना गरेको छ । त्यसैगरी कृषिको लागि १ करोड ७८ लाख, शिक्षामा २ करोड ८४ लाख ६० हजार र स्वास्थ्यमा २ करोड ४१ लाख १० हजार खर्च हुने अनुमान गरेको छ ।
देउमाईले नेपाल सरकारको शसर्त तर्फको २६ करोड ५० लाख, संघको समपुरक २ करोड ३२ लाख, भवन र अडिटरियमको लागि प्रदेश समपुरकको १ करोड, समपुरक कोषको १ करोड ५० लाख, संघको विशेष अनुदान १ करोड र प्रदेश सरकारको शसर्त अनुदान ११ लाख ७१ हजार खर्च हुने अनुमान गरेको छ ।
नगरले आर्थिक बर्ष ०७७।७८ को लागि मृगौला प्रत्यारोपण गरेका र मुटुको भल्व फेरेका विरामीलाई निर्वाह भत्ता सहायता, जनता आवास कार्यक्रम, नगर प्रमुख सुरक्षित आप्रवासन कोष, प्रदेश समपुरक कोषको मुख्यमन्त्री सडक, डिजिटल नगरपालिकाको रुपमा विकासका कार्यलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसैगरी संघको समपुरक कोषबाट नगरपालिका नमुना पिच, प्रदेश समपुरक कोषबाट वडा कार्यालय भवन र अडियोटरियम हल बनाउने भएको छ ।
डिजिटल एक्सरे र एनालाइजर व्यवस्थापन, जिल्ला अस्पताल स्तरोन्नतीको लागि भ्यान्टिलेरट स्थापना सहयोग, एम्बुलेन्स खरिद, ५० प्रतिशत अनुदानमा कृषि नर्सरी स्थापना, मंगलबारे बहुमुखी क्याम्पस प्राध्यापक तथा कर्मचारी व्यवस्थापन, २५ प्रतिशत साझेदारीमा विद्यालय बस खरिद, शिक्षण सिकाईमा सुचना तथा संचार प्रविधिको प्रयोग र खेलकुद ग्राम निर्माणलाई मुख्य प्राथमिकतामा राखेर ७२ करोड भन्दा बढिको बजेटलाई खर्च गर्ने लक्ष्य राखेको छ ।

माईजोगमाई गाउँपालिकाको बजेट ४५ करोड ४२ लाख
माईजोगमाई गाउँपालिकाले आ.व. २०७७।०७८ को लागि ४५ करोड ५० लाख ५० हजार ३ सय २० रुपैयाको बजेट विनियोजन गरेको छ । त्यसमा चालु खर्च तर्फ ७ करोड ४२ लाख ४५ हजार ६ सय , सशर्त अनुदान तर्फ १९ करोड ४८ लाख ५ हजार, अन्य अनुदानमा ४ करोड र पुंजीगत खर्च तर्फ १६ करोड ३९ लाख ९९ हजार ७ सय २० रुपैया बिनियोजन गरिएको छ । पुँजीगत खर्च तर्फ कुल विनियोजित बजेटको आर्थिक विकास तर्फ ६.४६३ प्रतिशत, सामाजिक विकास तर्फ १०.५४९ प्रतिशत, पूर्वाधार विकास तर्फ ४१.७८४ प्रतिशत, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९.२५२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १.६४६ प्रतिशत, अन्यपूँजीगत खर्चतर्फ ३.७२ र अन्य वर्गीकृत नभएको समपुरक कोष समेतमा ९.१४६ बजेट खर्च हुने गरि योजना तथा कार्यक्रम तयार गरिएको छ । पुँगीगत तर्फ विनियोजन भएको कुल रकमको १७.४४ प्रतिशत रकम वडामा विनियोजन गरिएको छ ।
गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटमा प्राथामिकता दिएको छ । गत बर्षहरुको राम्रा कामहरुलाई निरन्तरता दिएको बजेटमा केहि नयाँ कुरा पनि थपिएको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । बजेटमा वडा स्तरीय सडक योजनाहरुमा ४ लाख भन्दा घटी बजेट बिनियोजन नगर्ने निति गाउँपालिकाको छ । कृषि तथा पशु विकास, सडक, खानेपानी, सिंचाई र भवन निर्माण लाई निरन्तरता दिँदै वडा कार्यालय र गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकहरुलाई बजेटमा प्राथमिकताका दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार