
दक्षिण कोरिया/दक्षिण कोरियामा कोभिड -१९ कारण मृत्युु हुनेहरुको संख्या २८० जना पुगेको छ ।
चीनपछि सबैभन्दा छिटो र धेरै संख्यामा संक्रमित देखिएको दक्षिण कोरियामा सबैभन्दा छिटो नियन्त्रणमा आएको थियो । कुनै दिन शून्यमा झरेको संक्रमितहरुको संख्या सामाजिक भेटघाटको दुरी र कार्यक्रममा केहि खुकुलो पारेको केही दिनमै अत्याधिक वृद्धि भएपछि अहिले फेरि चिन्ताको विषय बनेको छ ।
कोरियामा हाल सम्म करिब १२ हजार २ सय ५७ जना संक्रमित मध्ये १० हजार ८ सय जना निको भएका छन, ११ सय ७७ जना आइसोलेसनमा छन भने मङ्गोलियाका एकजना विदेशी नागरिक सहित २८० जनाको निधन भै सकेको छ । करिब ५० हजार बढी नेपालीहरु बसोबास गरिरहेको दक्षिण कोरियामा अहिलेसम्म कुनै पनि नेपालीलाई कोरोना भाईरसले संक्रमण भएकाे छैन ।


709 पटक हेरिएको 






