ईलाम । ईलाममा पहिलो पटक एक पुरुषमा कोरोना भाईरस (कोभिड –१९) संक्रमित भएको पुष्टि भएको छ । जिल्लाको सुर्योदय नगरपालिकाको करफोक माद्ययमिक विद्यालयमा बनाईएको क्वारेन्टीनमा रहेका २६ वर्षका युवामा (कोभिड– १९) पोजेटिभ देखिएको हो ।
क्वारेन्टीनमा रहेका सो युवा गएको जेठ १६ गते भारतको चेन्नाईबाट झापाको काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।
गएको जेठ २२ गते संक्रमित युवासगै ३४ जनाको स्वाव संकलन गरि पिसिआर जाँच गरिएको थियो । जसमध्ये एक जनामा पोजेटिभ देखिएको सुर्योदय नगरपालिका कोभिड (१९ फोकल पर्सन विपुल दाहालले जानकारी दिए ।
उनका अनुसार, संक्रमित युवालाई गोडगाउँ मोरङमा रहेको आईसोलेसनमा राखिएको छ । उनको स्वास्थ अवस्था भने सामान्य रहेको बताईएको छ ।
करफोक क्वारेन्टीनमा ६३ जना छन् । संक्रमित भएको पुष्टि भएसँगै सो क्वारेन्टीनमा उच्च सतर्कता अपनाईएको छ । योसँगै संक्रमित जिल्ला ७२ पुग्यो ।