नेपालमा सङ्क्रमितको सङ्ख्या २ हजार ९१२ पुग्यो

८ महिने बालकसहित थप २७८ मा कोरोना पुष्टि

  सरलपाटी सम्वाददाता

 412 पटक हेरिएको

काठमाण्डौ । नेपालमा शुक्रबार थप दुई सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लाका दुई सय ७८ जनामा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय १२ पुगेको छ ।

आज थपिएका सङ्क्रमितमा ८ महिने बालक पनि रहेका छन् । आज थपिएका कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् ।

सङ्क्रमितमध्ये निको भएर घर फर्किनेको सङ्ख्या तीन सय ३३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार