इलाम । कोरोना भाइरस कोभिड – १९ संक्रमणका बिच समाचार संकलनमा निरन्तर खटिएका इलामका पत्रकारलाई सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका दुई पालिकाले पत्रकारका लागि माक्स, पञ्जा र सेनिटाइजर उपलब्ध गराएको हो ।
जिल्लाका १० पालिकामध्ये इलामको इलाम नगरपालिका – ७ ले २०/२० थान एन–९५ माक्स र सेनिटाइजर विहीबार वितरण गरेको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उच्च मनोबलका साथ काममा खटिरहेका पत्रकारको सुरक्षाका लागि सुरक्षा सामग्री आवश्यक पर्ने भएकाले वडाकै पहलमा सामग्री उपलब्ध गराएको बताए ।
यस्तै सूर्योदय नगरपालिकामा भने फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सुरक्षा सामग्री उपलब्ध गराएको छ । समितिले १६/१६ थान एन–९५ माक्स, पञ्जा र सेनिटाइजर उपलब्ध गराएको समितिका कोषध्यक्ष दिनेश महतले बताए ।
यस पालिकाले भने लकडाउनको समयमा खानेपानी महसुलमा समेत छुट गरेको छ । जेठ महिनाबाट लागु हुने गरी महसुलमा २५ प्रतिशत छुटको साथै ३ महिनासम्मको जरिवाना समेत नलिने व्यवस्था गरेको समितिले जनाएको छ ।


485 पटक हेरिएको 






