काठमाडौं । कोरोना भाइरसबाट विश्वभर ३ लाख ३ हजार ८० जनाको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १४ लाखमा सङ्क्रमण पुष्टि भएको छ भने ८६ हजारभन्दा धेरैको ज्यान गएको छ ।
विश्वका विभिन्न देशमा गरी ४५ लाख २९ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकामा १७ लाख १ सय ७४ जना निको भएका वर्ल्डओमिटरले जनाएको छ ।
वर्ल्डओमिटरका अनुसार उपचार गराइरहेका २५ लाख १६ हजारभन्दा धेरैमध्ये दुई प्रतिशत अर्थात साढे ४५ हजार जनाको अवस्था जटिल रहेको र बाँकी २४ लाख ७१ हजारभन्दा धेरैको अवस्था भने सामान्य छ ।
त्यस्तै बेलायतमा कोरोना संक्रमित ३३ हजारभन्दा बढिको मृत्यु भएको जनाएको छ । यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा झण्डै ४ हजार नयाँ बिरामी थपिएसँगै भारतमा झण्डै ८२ हजारमा कोरोना पुष्टि भएको छ ।
भारतमा हालसम्म २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ । नेपालमा भने कोरोना भाइरसबाट हालसम्म कसैको ज्यान गएको छैन ।


238 पटक हेरिएको 






