इलाम। औषधि व्यवसायी संघ इलामले प्रहरी विट विब्ल्याँटे र पाथीभरा आयल ट्रेडर्स प्रालि विब्ल्याँटेलाई एक एक थान पिपिई निःशुल्क प्रदान गरेको छ ।
इलाम नगरपालिकाका वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठको उपस्थितिमा शुक्रबार संघका अध्यक्ष बासु घिमिरे र सदस्य महेश श्रेष्ठले प्रहरी विटका हवल्दार गणेश श्रेष्ठ र इलामेली पाथिभरा पेट्रोल पम्पका मदन अधिकारीलाई एक एक थान पिपिई हस्तान्तरण गरेका छन् ।
लक डाउनको समयमा पनि सडकमा रहेर चेक जाँच गर्नुपर्ने भएकाले प्रहरीलाई र पेट्रोलियम पदार्थ विक्री गर्नुपर्ने भएकाले पम्पलाई पिपिई उपलब्ध गराइएको औषधि व्यवसायी संघ इलामका अध्यक्ष बासु घिमिरेले बताए । ‘पम्पमा कार्यरत व्यक्ति र प्रहरी जनपसम्र्कमा कार्य क्षेत्रमा जनसम्पर्कमा आइरहनु पर्ने भएकाले सुरक्षित हौउन् भनेर पिपिई उपलब्ध गराइएको हो ।’ अध्यक्ष घिमिरेले भने ।