
इलाम।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्दकपुर गाउँ कमिटी र राष्ट्रिय युवा संघले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सन्दकपुर गाउँपालिकालाई पिपिई र माक्स प्रदान गरेको छ ।
नेकपा र उसको भातृ संगठन युवा संघले ३० थान पिपिई र १२ हजार थान माक्स बुधबार गाउँपालिकाका अध्यक्ष उदय राईलाई हस्तान्तरण गरेको हो ।
नेकपा सन्दकपुरका अध्यक्ष प्रकाश पराजुली र युवा संघ सन्दकपुरका संयोजक नेत्र पोख्रेलले गाउँपालिकालाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शोभा पराजुली, प्रमुख प्रशासकीय अधिकृत महेश राई, स्वास्थ्य विभागका मनोज धुर्जाझारलगायतको उपस्थिति रहेको स्थानीय सञ्चारकर्मी युवराज पीसीले जानकारी दिए । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न गाउँपालिकाले संघ संस्था, व्यक्ति र राजनीतिक दलसँग अनुरोध गरेको छ ।


1013 पटक हेरिएको 






