इलाम । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैयाँ जम्मा भएको छ । कोषमा गएको सोमबार ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो ।
कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पे बाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।


382 पटक हेरिएको 






