संक्रमित युवतीसँगै नेपाल आएका इलामको युवाकाे स्वाब परीक्षण नेगेटिभ

काेराेना अपडेट

  सरलपाटी संवाददाता

 1843 पटक हेरिएको


इलाम।दोहा कतार हुँदै फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै नेपाल आएका इलामका एक युवाको स्वाब परीक्षण नेगेटिभ आएको छ ।
कतारबाट चैत ४ गते नेपाल आएका इलाम नगरपालिका वडा नं. ४ का २८ वर्षीय रमेश दुलालको स्वाब परीक्षण नेगेटिभ आएकाे जिल्ला अस्पताल इलामले प्रेस नोट जारी गर्दै जानकारी दिएको छ ।
कतारबाट आएकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी जिल्ला अस्पतालमा सम्पर्कमा आई सामान्य स्वास्थ्य परीक्षण गरेर घरमै सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए । अस्पतालको निगरानीमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएका दुलालको चैत २१ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षणकाे रिर्पाेट साेमबार अाएकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार