काेरियामा उपचाररत खत्रीलाई हामी नेपाली ग्लोबल कोरियाकाे ५ लाख सहयोग

सहयाेगी मन

  शंकर विस्वासी

 608 पटक हेरिएको

दक्षिण कोरिया। विगत लामो समयदेखि ब्रेन ट्युमर जस्तो गम्भीर रोगका कारण कोरियाको इन्जे युनिभर्सिटी हस्पिटलमा पटक पटक मस्तिष्कको शल्यक्रिया तथा उपचार गर्दै आइरहेका काभ्रेपलान्चोक पनौती स्थायी घर भई हाल रोजगार प्रणाली ईपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष संजय खत्री लाई हामी नेपाली ग्लोबल दक्षिण कोरियाले पाँच लाख वन सहयोग गरेको छ।

सन् २०१७ मा कोरिया आएका खत्री करिब एक बर्ष नपुग्दै मस्तिष्क सम्बन्धी बिरामी भएका थिए । सामान्य उपचारले रोग निको नहुने देखिए पछि चिकित्सकहरुको सल्लाह अनुसार पहिलो पटक शल्यक्रिया गरियो तर खत्रीको पहिलो सल्यक्रिया समेत फलदायी नभए पछि ३ पटक सल्यक्रिया गरियो । सल्यक्रिया पछि नियमित किमो थेरापी गर्दै अस्पताल धाइरहेका खत्रीको स्वास्थ्यमा थप समस्या देखियो । चिकित्सकहरुका अनुसार उनको ट्युमर बढेको र पूनस् सल्यक्रिया गर्नु पर्ने भनियो । खत्री दोस्रो पटक अस्पताल भर्ना भई लगातार २ पटक सल्यक्रिया गर्न बाध्य भए  । उनले एउटै रोगको उपचारमा पाँचौ पटकसम्म शल्यक्रियाको सामना गर्नु पर्यो ।

खत्रीको ट्युमर ग्रेड ३ मानै रोकथाम गरी ट्युमर धेरै फैलिन नदिइएको तर  थप समस्या हुन सक्ने भएकोले अझै ४ र ५ महिना केमाे रेडियाे थेरापी गरिरहनु पर्ने चिकित्सकहरुको सल्लाह छ । निरन्तर थेरापीमा रहदा रहदै पनि ट्युमर एकदमै सक्रिय भएकोले फेरिपनि शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने डाक्टरहरुको आंकलन रहेको छ ।

यस्तो ट्युमरको उपचार नेपालमा संभव नभएको नेपालका बरिस्ठ न्यूरो सर्जन  डा. बसन्त पन्तले वताए । डा. पन्तका अनुसार खत्रीको उपचार कोरियामा नै गर्न उपयुक्त हुनेछ । त्यसो त सुरुदेखिनै सञ्जय खत्रीको उपचारमा संलग्न रहेका चिकित्सकहरुले पनि विगतमा पनि यस्तो समस्याको आफुहरुले सफल उपचार गरेको जनाउदै खत्रीको पनि सफल उपचार गर्न प्रयास गरिरहेकाे बताएका छन् ।
दक्षिण कोरियामा रहेका सहयोगी व्यक्ति तथा विभिन्न सामाजिक संघसंस्थाहरुको आर्थिक सहयोगमा खत्रीको उपचार भै रहेको छ । यसै क्रममा सामाजिक हित र कामका लागि स्थापित हामी नेपाली ग्लोबल राष्ट्रिय शाखा दक्षिण कोरियाले पनि खत्रीको उपचार खर्च पाँच लाख कोरियन वन सहयोग गरेको संस्थाका उपाध्यक्ष भवानी घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार