सन्दकपुर गाउँपालिकाले पालिकाबासी सबैलाई दियो खाद्यन्नमा अनुदान

सरकारकाे सहयाेग

  सरलपाटी संवाददाता

 2137 पटक हेरिएको


इलाम।सन्दकपुर गाउँपालिकाले कोरोनाको माहामारीबाट सिर्जित समस्याबाट राहत दिनका लागि दुई महिनासम्म पालिकाबासी सबैलाई खाद्यन्नमा अनुदान दिने भएको छ ।
लकडाउनबाट सबै नागरिक प्रभावित भएको भन्दै सन्दकपुर गाउँपालिकाले सबैलाई खाद्यन्नमा अनुदान दिने निर्णय गरेको हो । गाउँपालिकाले दुई महिनासम्म अनुदानमा खाद्यन्न उपलब्ध गराउनका लागि व्यवसायी मदन श्रेष्ठसँग सम्झौता समेत गरिसकेको छ ।
गाउँपालिकाले चामलमा प्रतिकेजी दुई रुपैयाँ, नूनमा पाँच रुपैयाँ, तेलमा प्रतिलिटर १० रुपैयाँ, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, दालमा प्रतिकेजी १० रुपैयाँ अनुदान दिइने सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले जानकारी दिए । ‘लकडाउनबाट सबै नागरिक प्रभावित छन् ।’ अध्यक्ष राईले भने, ‘त्यसैले लकडाउन सकिएपनि दुई महिनासम्म सबैलाई यस्तो अनुदान दिन लागिएको हो ।’ खाद्यन्न अनुदानका लागि व्यवसायी श्रेष्ठलाई १० लाख रुपैयाँ पेश्कीसमेत उपलब्ध गराइएको अध्यक्ष राईले बताए ।
यसरीनै लकडाउनको समयमा औषधि अभाव हुन नदिन गाउँपालिकाका सबै वडाहरुमा औषधिको प्रबन्ध गरिएको छ । आयुर्वेदिकदेखि विभिन्न खालका औषधिहरु यो आर्थिक वर्षसम्म पुग्ने गरेर स्वास्थ्य संस्थाहरुमा पुर्याई सकेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार