भारतमा कोरोना सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भए

वृद्ध उमेरमा कोरोनालाई जित्ने यो दम्पती दोस्रो

  सरलपाटी सम्वाददाता

 781 पटक हेरिएको

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भएका छन् । ९६ वर्षीय श्रीमान् र ८८ वर्षीया श्रीमती उपचारपछि निको भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२० दिनदेखि कोट्टयम मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको दम्पतीको कोरोना रिपोर्ट नेगेटिभ आएको डाक्टर आर पी रेनविनले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

योसँगै वृद्ध उमेरमा कोरोनालाई जित्ने यो दम्पती दोस्रो बनेको छ । यसअघि इटालीमा ९५ वर्षीया एक वृद्धा उपचारपछि निको भएकी थिइन् ।

सामान्यतया कोरोना भाइरस ६० वर्षभन्दा माथिको उमेर समूहलाई खतरा मानिन्छ । उमेरसँगै मधुमेह वा मुटुको समस्या भएका बिरामीलाई कोरोना सङ्क्रमण खतरनाक मानिन्छ ।

यसैबीच कोरोना सङ्क्रमण विश्वका दुई सय दुई देशसहित दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको छ । मङ्गलबार बुरुण्डीमा दुई र सियरा लियोनमा एक जनामा कोरोना पुुष्टि भएसँगै कोरोना फैलिएको देशको सङ्ख्या दुई सय दुई पुगेको हो ।

कोरोना पहिलो पटक देखिएको चीनमा भने ज्यान गुमाउनेसँगै नयाँ सङ्क्रमितको सङ्ख्या पनि घट्दो छ । चीनमा अहिलेसम्म तीन हजार तीन सय पाँच जनाको ज्यान गएको छ भने ८१ हजार पाँच सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । ७६ हजार ५२ जना उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार