
इलाम।कोरोना भाइरस (कोभिड)१९) रोकथाम र नियन्त्रणका लागि सरकारले आव्ह्रान गरेको लकडाउनका कारण बजारमा सब्जी अभाव भएको बेला उद्योग वाणिज्य संघ इलामका बरिष्ठ उपाध्यक्ष कृष्ण पौडेल र विब्ल्याँटेका व्यवसायी मनोज घिमिरेले निःशुल्क साग वितरण गरेका छन् ।
सोमबार विहान पाँच सय मुठा साग बजारमा निःशुल्क वितरण गरिएको हो । भीडभाड नहोस् भन्ने उद्देश्यले घरघरमा एक एक मुठा साग वितरण गरिएको हो । किसानको उत्पादन पनि विक्री हुने अभाव पनि टर्ने भन्ने उद्देश्यले साग वितरण गरेको उपाध्यक्ष पौडेलले बताए । दुई युवा व्यवसायीले उपलब्ध गराएको साग उद्योग वाणिज्य संघ उपाध्यक्ष दिपेश श्रेष्ठले घरघरमा वितरण गरेका थिए ।


1633 पटक हेरिएको 






