इलामका ७५ जना मजदुरलाई खाद्यन्न वितरण

संकटमा सहयाेग

  सरलपाटी संवाददाता

 1379 पटक हेरिएको


इलाम। इलामका ७५ जना दैनिक ज्याला मजदुरी गर्ने मजदुरलाई ३३ हजार भन्दा बढी मूल्य बराबरको खाद्यन्न आइतबार वितरण गरिएको छ ।
नगरपालिकाका अति विपन्न परिवारका भवन निर्माण, बजारका सामान्य मजदुर र चिया मजदुरलाई ३३ हजार दुई सय मूल्य बराबरको खाद्यन्न वितरण गरिएको हो ।
विश्वमा कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएकाले रोजगारी गर्न नपाएका मजदुरहरुलाई राहत सामग्री वितरण गरिएको हो । प्रति मजदुर चार केजीका दरले खाद्यन्न वितरण गरिएको इलामका सञ्चारकर्मी सुदिप श्रेष्ठले जानकारी दिए । उनका अनुसार छत्रमान राई र माईमेडिकल इलामका सञ्चालक खेमराज श्रेष्ठको आर्थिक सहयोगमा मजदुरलाई खाद्यन्न उपलब्ध गराएका गराइएको हो ।
इलाम नगरपालिका २ सुम्बेकका राईले उपलब्ध गराएको ३० हजारको चामल र इलाम नगरपालिका)७ का श्रेष्ठबाट प्राप्त भएको तीन हजार दुई सय रुपैयाँको चिउरा वितरण गरिएको हो । राई विगत एक वर्षदेखि कोरियामा कार्यरत छन् भने श्रेष्ठ विगत लामो समयदेखि इलाम बजारमा मेडिकल सञ्चालन गर्दै आएका छन् ।
खाद्यन्न प्राप्त गर्ने मजदुरमा ८० प्रतिशत इलामका र २० प्रतिशत पाँचथर र ताप्लेजुङ्ग जिल्लाका रहेका छन् । मजदुरलाई तीन सय केजी चामल वितरण गरिसकेपछि अनुमति नलिएको भन्दै इलाम नगरपालिकाले वितरणमा रोक लगाएको बताइएको छ ।
श्रेष्ठका अनुसार, वडा नम्बर सातका अध्यक्षसँगको संयोजनमा खाद्यन्न वितरण गरिएको हो तर नगरपालिकाले प्रहरी पठाएर रोक्न लगाएपछि दुर्ई सय केजी चामल र ४० केजी बराबरको चिउरा भने वितरण गर्न नपाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार