नौ सय १७ जनाको जाँच गर्दा पाँच जनामा कोरोना सङ्क्रमण भेटियो

पाँच जनामा एक जना निको भएर घर फर्के

  सरलपाटी सम्वाददाता

 237 पटक हेरिएको

काठमाण्डौ । सरकारले कोरानाको आशङ्कामा अहिलेसम्म ९ सय १७ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय १७ जनाको परीक्षण भएकोमा पाँच जनाको मात्रै पोजेटिभ रिपोर्ट आएको जानकारी दिए।

पाँच जनामध्ये १ जना निको भएर फर्किएका छन् भने २ जनाको टेकु अस्पताल, एक जनाको सेती प्रादेशिक अस्पताल र एक जनाको वाग्लुङमा उपचार भइरहेको छ । उपचाररत सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाको भनाइ छ ।

यस्तै, अहिले आइसोलेसनमा १२ जना रहेका छन् । जसमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५ जना, पाटन अस्पतालमा ६ र कान्ति बाल अस्पतालमा १ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार