खाद्यवस्तुका पसल निर्बाध रुपमा सञ्चालन गर्न सरकारको आग्रह

खाद्यवस्तुका पसल खुल्लै रहन्छ

  सरलपाटी सम्वाददाता

 347 पटक हेरिएको

काठमाण्डौ । सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरु निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

‘लकडाउन’को पहिलो दिन कतिपय आवश्यक खाद्यवस्तु बिक्री हुने पसल समेत बन्द देखिएपछि गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापनलगायत कारोबार गर्ने पसलहरु बन्द नहुने स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘पहिलो दिन भएकाले आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु फाट्टफुट्ट बन्द भएको पनि देखिएका छन्।’

यस्तै नेपाल(भारत सीमामा अलपत्र परेकालाई प्रवेश दिइएको गृहले जनाएको छ । विज्ञप्तिमा ‘लकडाउन’को व्यवस्थालाई कार्यान्वयन गर्न आमनागरिकलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार