प्रशासनबाट घरबाट बाहिर ननिस्कन र सवारी नचलाउन आदेश जारी

लकडाउनः इलाममा सवारी गुडे

  सरलपाटी संवाददाता

 469 पटक हेरिएको


इलाम। सरकारले गरेको लकडाउनको पहिलो दिन मंगलबार इलाममा फितलो देखियो । मानिसको आवतजावत मात्र होइन मोटरसाइकल, पिकअप, ट्रकहरु कुदेका थिए । बजार भने बन्द रहेका थिए ।
सामान्य अवस्थामा भन्दा थोरै सवारी चले पनि निकै बाक्लो रुपमा सवारी चलेका थिए । गाउँबाट विब्ल्याँटेसम्म यात्रु लिएर गाडीहरु आएका थिए ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको छ ।

यसैबीच मंगलबारनै जिल्ला प्रशासन कार्यालयले पनि चैत ११ देखि १८ गतेसम्मका लागि घरबाहि हिँडडुल तथा सवारी नचलाउन आदेश जारी गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलदै गएको कोभिड १९ को संभावित संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले औषधि उपचार बाहेक अन्य काममा कुनै पनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन आदेश जारी गरिएको छ । यसरीनै स्वास्थ्य, सुरक्षा र अनुमति प्राप्त सवारी बाहेक अन्य सवारीहरुलाई समेत नचलाउन आदेश जारी गरिएको छ । आदेशको अवज्ञा गरिएमा कानुन बमोजिम कार्वाही हुने पनि प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार