इलाम । इलामको सन्दकपुर गाउँपालिकाका दुई शिक्षक सम्मानित भएका छन् । वडानम्बर २ स्थित सरस्वती आधारभूत विद्यालयका मुकेश कुमार राई र सोही वडाको श्याम्बल माध्यमिक विद्यालयका लेखराज रार्इलाइ गाउपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
विद्यालयको हितका लागि निरन्तर जुट्ने जुजारु शिक्षकका रुपमा द्धयलाई नगद १०÷१० हजार र प्रसंसा पत्र प्रदान गरी गाउपालिकाका अध्यक्ष उदय बहादुर राइले सम्मान गरेका हुन् ।कार्यक्रममा गाउपालिकाका अध्यक्ष तथा गाउपालिकाका प्रवत्ता गिरिराज खनालको सभापतित्व तथा गाउँपालिका अध्यक्ष उदय बहादुर रार्इको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा २ नम्वर वडाका वडा परिषद् सदस्य अमृत राइले स्वागत मन्तव्य राखेका थिए भने गाउँपालिकाका स्रोत व्यक्ति टिकानाथ निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए।
विद्यालयकोबारेमा शिक्षा शाखा अधिकृत ध्रुव सेजवालले आफ्नो धारणा राखेको पालिकाले जानकारी दिएको छ ।