तलब नपाउदा जिल्ला बाहिरका शिक्षकलाई घर जान सकस

शिक्षकले दोस्रो चौमासिक तलब पाएनन्

  सुजता सुनुवार

 489 पटक हेरिएको

इलाम । इलामका ४१ विद्यालयमा कार्यरत दुई सय भन्दा बढी शिक्षकले तलब नपाए पछि जिल्ला बाहिरका शिक्षकलाई घर जान सकस हुने भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दुई सय १८ जना शिक्षकले असोजपछिको दोस्रो चौमासिक तलब नपाए पछि परीक्षा सके तग्गतै छुट्टी हुने भएकाले घर जान सकस हुने भएको हो ।

चैत्र ५ गते सबै तहको परीक्षा सकिने भएकाले तलब निकासी नहुदा जिल्ला बाहिरका शिक्षकलाई छुट्टीमा घर जान समस्या भएको फाकफोथुम गाउँपालिका १ स्थित खाम्बाङ्ग माविका प्रधानाध्यापक लोकनाथ भट्टराईले बताए । उनले भने, ‘तलब निकासी गरिदिनका लागि अनुरोध गर्न पालिकामा पाँच पटकसम्म धायौँ तर सुनुवाई नै भएको छैन ।

विद्यालयमा अध्ययनरत छात्रा, अपाङ्ग र गरिब तथा दलित विद्यार्थीलाई छात्रावृत्ति दिने रकम समेत निकासा नहुँदा विद्यालयलाई समस्या भएको उनको भनाई छ । उनी भन्छन्,‘हरेक विद्यार्थीका अविभावकले प्रश्न गर्छन् वास्तविकता बताउदै रित्तो हात घर फर्काउन हामी बाध्य छौँ ।’

कुरेको यतिका समय बितिसक्दा पनि तलब नपाउदा भने दैनिक जीवन चलाउनमा नै समस्या भएको फाकफोकथुमको ज्योति आधारभूत विद्यालयका शिक्षक सुरेन्द्र निरौलाले बताए । यस्तै सिद्धज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक केदार अधिकारीले समेत विद्यालयको प्रशासनिक काम आफ्नै गोजीको पैसाले गर्नु परीरहेकाले निकै समस्यामा परेको गुनासो गरे । धेरै आपत्तमा परिएको छ भन्दै,स्थानिय तहले शिक्षकको समस्या बुझिदिन उनले आग्रह छ ।

पालिकामा लेखा शाखाको पद रित्त रहेकाले सबै कर्मचारीले बिना तलब काम गर्नु परीरहेको बताइएको छ । कार्यरत लेखा प्रशासनको कर्मचारी मधुर नेपाली डेढ महिना अघि जिल्ला अदालत इलाम सरुवा भई आएपछि लेखा सम्बन्धिका सबै काम रोकिएको पालिकाका उपाध्यक्ष सरस्वती राईले बताइन् ।

उनले भने, हामीले पहल चालीरहेका छौँ, केहि दिनपछि नै लेखा शाखाका कर्मचारी आउनेछ । लेखाको अडिट सकिएपछि भने तत्काल सबैको तलब निकासा हुनेछ । यसै विषयमा छलफल भईरहेको उपाध्यक्ष राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार