दक्षिण कोरिया / नेपालका लागी एकमात्र रोमन म्यागसेसे पुरस्कार विजेता वैज्ञानिक महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रका लागि इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।
रोजगारी,शिक्षा लगायत विभिन्न पेसामा दक्षिण कोरियामा रहेका इलामेली युवाहरुको साझा संस्था इलामेली समाज दक्षिण कोरियाले सस्थाका उपाध्यक्ष भवानी घिमिरेको संंयोजकत्वमा संस्थाका सदस्य लगायत अन्य सहयोगी दाताहरुबाट संकलन गरेको नेपाली १ लाख १५ हजार रुपैयाँ शुक्रबार समाजका अध्यक्ष केदार निरौला र उपाध्यक्ष लिला खतिवडाले एक कार्यक्रमका बिच राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई नगद हस्तान्तरण गरेका । हस्तान्तरण कार्यक्रमा रेडियो नेपालवाणीका पूर्व समाचार वाचक तथा सगरमाथा टेलिभिजनका पत्रकार टंक खनाल लगायतको उपस्थिती रहेको थियो ।
समाजका अध्यक्ष निरौला र खतिवडाले वैदेशिक रोजगारीका क्रममा देशबाहिर रहेर पनि स्वदेशमा हुने राम्रा काम र समस्यामा परेका जुनसुकै नेपालीलाई सहयोग गर्ने संस्थाको लक्ष्य रहेको र समृद्धिका लागि वैदेशिक रोजगारीबाट आर्जन गरेको रकम र सीप नेपालीको हीतमा प्रयोग गर्दै अघि बढ्ने सोच रहेको बताए ।
स्मरण रहोस संस्थाले यस अघि कोरियामा रहेका नेपाली तथा नेपालमा पनि विभिन्न कारणले पिडित व्यक्ती र सामाजिक कामका लागी थुप्रै आर्थिक सहयोग गर्दै आईरहेको छ ।