माईभ्याली गोल्डकपः मछिन्द्रलाई माइभ्यालीको उपाधि

१–० को कठिन हार जीत

  सरलपाटी सम्वाददाता

 741 पटक हेरिएको

इलाम । सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाडौले इलामको माइभ्याडी गोल्डकप जितेको छ । आयोजक माइभ्याली फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सिजनको तीन उपाधि जितेको हो ।

मछिन्द्रले लिग सहिद सताक्षी गोल्डकप झापा जितिसकेको छ । मछिन्द्रको जितका लागि खेलको इञ्जुरी समयमा निया आन्द्रेसले निर्णायक गोल गर्दै मछिन्द्रलाई सिजनको तेस्रो जित दिलाए । खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले पन्द्र हजार रुपैयाँ नगद हात पारेका छन् ।

पहिलो पटक माइभ्याली गोल्डकपको फाइनलमा पुगेको आयोजकले होम ग्राउन्डको फाइदा लिन सकेन । उपाधि कब्जा गरको मछिन्द्रले इलाम नगरपालिकाको मेयर्स प्राइजको आठ लाख रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र पाएका छन भने उपविजेता बनेको माइभ्याली फुटबल क्लबले पाँच लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगीताको सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै माइभ्यालीका सरन बस्नेतले एक लाख १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै बेष्ट डिफेन्डर माइभ्यालीकै छिरिङ गुरुङ्ग, बेष्ट गोल किपर माइभ्यालीकै देव लिम्बु घोषित हुँदै २५ हजार रुपैयाँ प्राप्त गरे ।

मछिन्द्रका निया आन्ड्रेस वेष्ट फर्वार्ड घोषित भए भने मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल सर्बोत्कृष्ठ प्रशिक्षक घोषित हुँदै २५ हजार रुपैयाँ नगद प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार