माईभ्याली गोल्डकपः मछिन्द्र माईभ्यालीको फाइनलमा

चार वटै भारतीय टीम सेमीफाइनलबाटै बाहिरियो

  सरलपाटी सम्वाददाता

 498 पटक हेरिएको

इलाम । इलाममा जारी छैटौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपमा मच्छिन्द्र क्लव काठमाडौं फाइनलमा प्रवेश गरेको छ । बुधबार इलामको ठूलो टुडिखेलमा भएको प्रतियोगितामा भारतको मानेभञ्ज्याड फूटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दे मच्छिन्द्रले प्रतियोगिताको फाइनल यात्रा तय गरेको हो ।

खेल सुरु भएको १९ औ मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गरेका थिए । पहिलो गोल भएको दुई मिनेट बित्न नपाउँदै २१ औँ मिनेटमा रञ्जित धिमालको कर्नर प्रहारमा अडेलाजा सोमिडेले हेडर गोल गर्दै मध्यान्तर अघि मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए ।

मध्यान्तर पछि पुन रेजिन सुब्बाले खेलको ८६ औँ मिनेटमा आफ्नो टीमको तर्फबाट तेस्रो गोल गर्दै फाइनल यात्रा पक्का गरेका थिए । मानेभञ्ज्याङले झापा ११ लाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो भने मछिन्द्रले गोर्खा ब्वाइज क्लब रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

अनुभवी खेलाडीले भरिएको मछिन्द्रले खेल अवधिभर आफ्नो पक्षमा बल राखेको थियो । मानेभञ्ज्याङको फिनिसिङलाईन कमजोर हुँदा प्राप्त भएको मौका पनि सदुपयोग हुन सकेन । मानेभञ्ज्याङका लक्षमण लामरेले पेनाल्टी क्षेत्रमा पाएको मौका खेर फाले । उनैले गोर क्षरक विरुद्धको वान भर्सेस वानको मौका पनि गुमाए ।

पेनीसाई लाथोङले पनि वान भर्सेस वानको मौका गुमाएपछि मानेभञ्ज्याङ सेमी फाइनलबाटै बाहिरिनु प¥यो । मानेभञ्ज्याङका प्रशिक्षक रिवाङ भुटियाले रक्षापत्तिका खेलाडीबिच तालमेल नमिल्दा शुरुमै गोल भएपछि आफ्नो टिम दवाबमा परेको बताए । मानेभञ्ज्याङका कप्तान नियाओ कोरलाङ क्यान्डेचले आफ्नो पक्षमा सिर्जना भएको मौकाको सदुपयोग हुन नसक्दा खेलमा हार व्यहोर्नु परेको प्रतिक्रिया दिए ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले शुरुमा नै स्कोर भएको जितको लागि सहज भएको प्रतिक्रिया दिए । ‘मानेभञ्ज्याङको एट्रयाकिङ्ग राम्रो नभएकाले टिममा खासै दवाब परेन’, कटुवालले भने, ‘टिममा सबैको योगदान राम्रो भएकाले सहज जित निस्किएको हो ।’

पहिलो सेमिफाइनलका खेल सम्पन्न हुँदा सम्म प्रतियोगितामा भाग लिएका चार वटै भारतिय टीम बाहिरिएका छन् । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाडं घोषित भएका छन् । उनले नगद १० हजार प्राप्त गरे ।

विहीबार अन्तिम सेमिफाइनल खेल अन्तर्गत त्रिभुवन आर्मी र आयोजक टिम माइभ्याली फूटबल क्लव बीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद आठ लाख र उपविजेताले पाँच लाख रुपैँया ठ्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक माईभ्याली फूटबल क्लवका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार