सरस्वती आधारभुत विद्यालयको दोस्रो बार्षिक उत्सव सम्पन्न

वार्षिक उत्सवमा २७ विद्यार्थीलाई आर्थिक सहयोग प्रदान

  सरलपाटी सम्वाददाता

 424 पटक हेरिएको

विविसि हाङ्गखिम राई । इलामको सन्दकपुर– २ माइमझुवाको सरस्वती आधारभुत विद्यालयले दोस्रो वार्षिक उत्सव मनाएको छ ।

कार्यक्रमलाई कक्षा ५ मा अध्यनरत सेमिन्हाङ राईले नेपाली भाषामा र कक्षा ४ मा अध्यनरत एलिजा राईले अङ्ग्रेजी भाषामा स्वागत मन्तव्य गरेका थिए। कार्यक्रममा शिक्षक तोयानाथ दहाल र शिक्षक सुजना राइ र हार्मोनियममा पदम खतिवडा र मादलमा मुकेश राइले स्वागत गित प्रस्तुत गर्दै कार्यक्रमको थालनी गरेका थिए ।

स्वागत नृत्यका लागि भने एलिजा राई,सोफिया राई, आदित्य राइ, अनामिका राइ रहेको विद्यालयले जनाएको छ । समारोह कार्यक्रममा हाजिरी जवाफ र मनोरञ्जनात्मक खेलहरु अतिथिहरुलाइ हाडी फुटाउने , महिला अभिभावकहरुलाइ म्युजिक चेयर्स जस्ता खेलहरुमा सहभागी गराइएको थियो ।

आन्तरिक हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत प्रतियोगितामा सन्दकपुर हिल, टप्पु हिल, टोड्के फल्स र छिन्तापु हिलको नामबाट ४ वटा समूह बनाइको थियो। जसअनुसार सन्दकपुर हिल २० अङ्क प्राप्त गरि प्रथम, छिन्तापु हिल १९ अङ्क प्राप्त गर्दै द्धितिय, १६ अङ्क ल्याउदै टप्पु हिल तृतीय र टोड्के फल्स १५ अङ्क प्राप्त गरेर चौथो स्थान हासिल गर्न सफल भएका थिए।

म्युजिकल चियरमा महिला पुर्व अभिभावक सुजला राई र हाडी फुटाउनेमा सन्दकपुर गाउपालिकाका प्राविधिक अबिनारायण दहालले विजयी भई पुरस्कार लैजान सफल भएका थिए । वार्षिकत्सवका अवसरमा अक्षयकोष स्थापना गर्न सहयोग गर्ने समाजसेवी स्थानीय राज बहादुर र रामकुमारी पुमाले चार हजार पाँच सय पर्ने १ थान मादल हस्तान्तरण गरेका थिए ।

समाजसेवी द्धय दम्पतीको सहयोगमा स्थापना भएको १ लाख रुपैयाको अक्षयकोषको ब्याजबाट विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ जनही ५०० का दरले २७ जनालाई आर्थिक सहयोग समेत गरिएको छ ।

कार्यक्रम सन्दकपुर गाउपालिकाका अध्यक्ष उदयबहादुर राईको अध्यक्षता र वडा नम्बर २ का वडाध्यक्ष तथा सन्दकपुर गाउपालिकाका प्रवक्ता गिरिराज खनालको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार