विद्यालयद्वारा पूर्व विद्यार्थी र शिक्षक सम्मानित

वार्षिक उत्सव

  सरलपाटी संवाददाता

 708 पटक हेरिएको


इलाम।अमर माध्यमिक विद्यालय बरबोटेको ६३ औं वार्षिक उत्सवको अवसरमा पूर्व विद्यार्थी, शिक्षक तथा कर्मचारी सहित आठ जना सम्मानित भएका छन् ।
विभिन्न समयमा विद्यालयमा अध्ययन गरी अधिकृत या सोभन्दा माथिल्लो पदमा रहेर देश र नागरिकको सेवा गरी रहेका छ जना र निवृत्त शिक्षक र निवृत्त भएका कर्मचारी गोपीलाल आचार्यलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा पूर्व विद्यार्थी तथा हाल पर्यटन बोर्डका प्रबन्धक सन्तोष घिमिरे, दिल्लीस्थित नेपाली राजदुतावासमा काउन्सुलर (सहसचिव) पदमा कार्यरत तीर्थप्रकाश पौडेल, आयुर्वेद तथा वैकल्पिक चिकितसा विभाग टेकुमा कार्यरत शाखा अधिकृत लालबहादुर श्रेष्ठ, माङ्गसेबुङ्ग गाउँपालिकामा कार्यरत लेखा अधिकृत मञ्जु भट्टराई, नेपाल वाणिज्य बैंकमा प्रबन्धकको रुपमा कार्यरत लाक्पा दिक्की शेर्पालाई विद्यालयले सम्मान गरेको हो । सम्मानित सबैलाई इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए ।
यसरीनै विद्यालयमा लामो समयसम्म शिक्षण गरेर निवृत्त भएका कृष्णकुमार सुवेदी, दुई वर्ष अध्यापन गरेका शिक्षक भूगोल गौतम र निवृत्त भएका कर्मचारी गोपीलाल आचार्यलाई सम्मान गरिएको हो । उनीहरुलाई पनि इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए ।
वार्षिक उत्सवको अवसरमा खेलकुद प्रतियोगिता, कविता प्रतियोगिता, गीत तथा नृत्यु गराइएको थियो ।
विजेताहरुलाई प्रमाण पत्र र पुरस्कार पनि प्रदान गरिएको थियो ।
वार्षिक उत्सवकै अवसरमा विद्यालयमा विभिन्न शिक्षा सेवीहरुले स्थापना गरेको छात्रवृत्ति अक्षयकोष पनि वितरण गरिएको थियो भने विद्यालयका कक्षा १ देखि १२ का उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
विदालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नंं ५ का अध्यक्ष ठाकूर नारायण श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष नूतनदेव दुलाल, शिक्षक महासंघका पूर्णप्रसाद गौतम, समाजसेवी मनराज जबेगू, नरेन्द्र गुरुङ्ग, प्याब्सन इलामका सचिव छवि लम्साललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार