माईभ्याली गोल्डकपः आर्मी माइभ्यालीको सेमिफाइनलमा

गोल्डकपको तीन वटै सिजनमा संकटालाई संकट

  सरलपाटी सम्वाददाता

 402 पटक हेरिएको

इलाम । इलाममा जारी माईभ्याली गोल्डकपको छैटौ संस्करणमा आइतबार भएको प्रतियोगितामा संकटा क्लवलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडिखेलमा भएको खेलमा संकटालाई एकका विरुद्ध दुई गोल गरी आर्मीले संघर्षपूर्ण जीत निकाल्दै सेमीफाइनलको स्थान सुरक्षित गरेको हो ।

खेल सुरु भएको साताँै मिनेटमा जीतका लागि आर्मीले अग्रता लिएको थियो । विवेक बस्नेतको क्रसमा सुदन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए थिए । खेलको ४१ औ मिनेटमा संकटाले १ गोल गरी बराबरी बनाएको थियो । संकटाका उत्तम राईको क्रसमा डेडी वाम्बाले गोल गर्दै १–१ को अवस्थामा पु¥याएका थिए ।

प्रतियोगितामा मध्यन्तरपछिको समय ३७ औँ मिनेटमा आर्मीले जितको लागि निर्णायक गोल गरेको थियो । विवेक बस्नेतको क्रसलाई सुनिल राईले हेड गर्दै पोष्टको दिसा दिएका थिए । उनको प्रहार संकटाका गोल रक्षक विनय श्रेष्ठले पञ्च गरेका थिए ।

पेनाल्टी क्षेत्रमा रिबाउन्स बल पाएका सुदन राईले आर्मीका लागि निर्णयक गोल गर्दै जीत दिलाएका थिए । आर्मीलाई जिताउन सफल दुवै गोल गरेका राई खेलको म्यान अफदि म्याच घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

मध्यान्तरपछि संकटाका मेसुकेले अतिरिक्त समयमा आर्मीको पेनाल्टी क्षेत्रमा पाएको बललाई सशक्त प्रहार गर्नबाट चुके । संकटाका लागि लक्षुमण रुचाल र इर्नेष्ट टम्पीले पाएको सुनौलो अवसर खेर फालेका थिए । माइभ्यालीमा सहभागी जनाएको तीन वटै सिजनमा संकटाले पहिलो खेलबाटै घर फर्किनु परेको छ ।

संकटाका प्रशिक्षक राजुमान तुलाधरले निर्णायकको पक्षपाति व्यवहारले हाम्रो टिम हारेको भन्ने आरोप लगाए । निर्णायकले पक्षपात गरेकै कारणले प्रतियोगितामा हार व्यहोर्नु परेको तुलाधरले गुनासो गरे ।

सेमी फाइनलमा आजको विजेता टीम आर्मीले माइभ्याली फुटवल क्लब र मोहम्मडन स्पोर्टिङ क्लब कोलकत्ताबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

यस अघिको प्रतियोगितामा मानेभञ्जाङ फुटबल क्लबले सेमीफाइनलको स्थान सुरक्षित गरिसकेको छ ।सोमबार गोर्खा ब्वाइज फूटबल क्लब रुपन्देहीले क्वार्टर फाइनलको लिग विजेता मछिन्द्र क्वबको सामना गर्नेछ ।

१० टिमको सहभागीता रहेको यस प्रतियोगिताका विजेताले आठ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने माईभ्याली फूटबल क्लव इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार