माईभ्याली गोल्डकपः झापा–११ लाई पाखा लगाउदै मानेभञ्ज्याङ माइभ्यालीको सेमीफाइनलमा

एकै खेलमा ६ वटा पहेलो कार्ड

  सरलपाटी सम्वाददाता

 917 पटक हेरिएको

इलाम । माइभ्याली गोल्डकपको लगातार दुई सिजनको उपाधि विजेता झापा ११ इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनल चरणबाटै बाहिरिएको छ । बाइ पाएर क्वार्टर फाइनल खेलेको झापा–११ पाहुना टोली मार्नेभञ्ज्याङ फुटवल क्लब दार्जिलिङसंग २–१ गोल अन्तरले पराजित हुँदै माइभ्याली गोल्डकपबाट बाहिरिएको हो । झापा–११ ले माइभ्याली गोल्डकपको दोस्रो र तेस्रो संस्करणमा उपाधि कब्जा गरेको थियो । दुई सिजनको च्याम्पियन झापा–११ लाई पराजित गरेको मानेभञ्ज्याङले सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ ।

मानेभञ्ज्याङका लागी दुवै गोल पेमीसाई लाथोङले गरेका थिए । उनले खेलको २३ औ मिनेटमा सानमित्री थामेको क्रसमो गोल गरेर टिमलाई मध्यान्तरअघि १–० को अग्रता दिलाए । खेलको ४८ औ मिनेटमा कर्नर बलमा लाथोङले अर्को गोल गर्दै टिमलाई २–० को अवस्थामा पु¥याए । खेलमा जित निकाल्ने पेमीसाई लाथोङ म्यान अफदि म्याच घोषित हुँदै दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

दुई गोलले पछि परेको झापा मध्यान्तरपछि अक्रमक रुपमा प्रस्तुत भएपनि खेलमा पुनरागमन गर्न सकेन । खेलको ८३ औ मिनेटमा सुुनिल खड्काको क्रसमा सरोज कार्कीले गोल गर्दै गोल अग्रता कम गरेका थिए । झापाले आक्रमक खेलेपछि मानेभञ्ज्याङ रक्षात्मक शैली अपनाएको थियो । मानेभञ्ज्याङको काउन्टर एट्याकिङले झापाले निकै दवाबको सामना गर्नुप¥यो । झापाले पाएको मौका गुमाउँदा प्रतियोगीताबाट बाहिरिनु परेको हो ।

खेलको अतिरित्त समयमा पाएको फ्रिकिकको मौका झापाले सदुपयोग गर्न सकेन । हेमन्त थापाको फ्रिकिकलाई मानेभञ्ज्याङका गोल रक्षक फ्लारिसिङ डेकारले उत्कृष्ठ बचाउ गरे । झापाका संजोग राईले सेकेन्ड बार चाप्दै गरेको प्राहार पोष्टको फ्रेममा परेन । त्यस्तै सुनिल खड्काले पेनाल्टी क्षेत्रबाट गरेको प्राहार बारमा ठोक्किएर बाहिरियो । रेजिन माझिको प्राहार मानेभञ्ज्याङका गोल रक्षक फ्लारिसिङ डेकारले फर्काएका थिए । रिबाउन्स बलको मौका पनि गुमाएपछि झापाको खेलमा पुनरागमन गर्ने सम्भावना समाप्त भयो ।

अधिकाशं ए डिभिजन क्लवका खेलाडी उतारेको झापाका खेलाडीका बिच तालमेल नमिल्दा हार व्यहोर्नु प¥यो । मानेभञ्ज्याङबाट भारतीय उमेर समुहका खेलाडी मैदान उत्रिएका थिए । मानेभञ्ज्याङले गोर्खा ब्वाइज क्लब रुपन्देही र मछिन्द्र क्लबीचको विजेतासंग सेमीफाइनलमा सामना गर्नुपर्नेछ । आइतबार अर्को क्वार्टर फाइनल खेल टोली त्रिभुवन आर्मी क्लव र संकटा क्लबबीच हुनेछ ।

छ वटा एल्लो कार्ड
शनिबार सम्पन्न खेलमा छ जना खेलाडीले एल्लो कार्ड पाएका छन । कार्ड पाउनेमा झापा ११ का चारजना र मानेभञ्ज्याङका तीनजना खेलाडी हुन्। कार्ड पाउनेमा झापाका जर्सि नं. ४ मा निरोज बस्नेतले खेलको १७ मिनेटमा, जर्सि नं. ११ का सन्जोग राइले २९ मिनेटमा, जर्सि नं. १७ सुनिल खड्काले ४५ मिनेटमा र जर्सि नं. ७ का हेमन्त थापाले पाएका थिए । त्यस्तै दार्जेलिङका जर्सि नं. ५ का लियो लेलोले ३२ मिनेट र जर्सि नं.९ का दमङ च्यानि रहेका छन ।

प्रतियोगितामा भोलि लिग उपविजेता त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ । माईभ्याली फूटबल क्लबले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका दश टिम रहेको छ । प्रतियोगिताको बिजेताले नगद ८ लाख र उपबिजेताले नगद पाँचलाख रुपैंयाँ पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार