भ्रामक तथा गलत सुचनाको पहिचान र रोकथाम विषयमा इलाममा दुइ दिने कार्यशाला शुरु

कार्यशालामा तीन जिल्लाका ३५ पत्रकार सहभागी

  सरलपाटी सम्वाददाता

 638 पटक हेरिएको

इलाम । समाचारलाई सत्यतथ्य र निष्पक्ष बनाउने उद्देश्यले इलाम सदरमुकाममा बिहीबारबाट भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम विषयमा दुईदिने कार्यशाला सुरु भएको छ । कार्यशालामा इलाम र पाँचथरका ३५ जना क्रियाशिल पत्रकारको सहभागिता छ ।

प्रमुख जिल्ला अधिकारी तुलसिराम सेढाईले कार्याशालाको उद्घाटन गर्दै पत्रकारिताको क्षमता विकासका निम्ति यस्ता किसिमको तालिम प्रभावकारी बन्ने बताए । उनले समाचार सधैं सत्यतथ्यमा आधारित भएर पत्रकारीता गर्नुपर्नेमा जोड दिए ।

अमेरिकन राजदूतवासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको कार्यशालालाई मिडिया एक्सन नेपालमन प्रमुख लक्ष्मण दत्त पन्त सहित दुतावासका प्रेरणा मिरासैनी, वरिष्ठ पत्रकार रमा कृष्ण र चन्द्र शेखर कार्कीले सहजीकरण गरीरहनु भएको छ ।

शुक्रबार सम्म कार्यशालामा सहजकर्ताले भ्रामक समाचारबाट कसरी जोगिन सकिन्छ, पत्रकारको आचारसंहिता, फोटो पत्रकारिता कसरी गर्न सकिन्छ, भ्राक फोटा कसरी छुट्याउन सकिन्छ लगायतका बिषयमा जानकारी गराइएको छ ।

मिडिया एक्सनले उक्त विषयमा तीन जिल्लाका समाचारपत्र र अनलाइनको अध्ययन गरी तयार पारेको शोधका विषयमा पनि छलफल भएको छ । तालिम शुक्रबार समापन हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार