माईभ्याली गोल्डकपमा नागाल्याण्ड बिरुद्ध रुपन्देहीको सानदार जीत

शक्ति राईको उत्कृष्ट प्रदर्शन

  सरलपाटी संवाददाता

 1287 पटक हेरिएको

 इलाम/खेलको इन्ज्युरी समयमा शक्ति राईको ब्यक्तिगत दुई गोल मद्धतले गोर्खा ब्वाईज रुपन्देहीले इलाममा बिहीबारबाट सुरु भएको माईभ्याली गोल्डपमा सुखद सुरुवात गरेको छ ।

रुपन्देहीले पाहुना टिम भारतको कोहिमा इगल फूटबल क्लब नागाल्याण्डलाई ४–शुन्यको फराकिलो गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको दुवै टिमले दोस्रो हाफमा रुपन्देहीले ४ गोल गरेको हो ।

पहिलो हाफमा केही दबाब बनाएपनि दोस्रो हाफमा रुपन्देहीले खेलमा सुधार ल्याएर नागाल्याण्डलाई दबाबमा राखेको थियो । ६१ औं मिनेटमा नीरबहादुर आलेको क्रस पासमा नाइजेरीयन खेलाडी हामजातले डिबक्सभित्र बाट हेडर गोल गर्दै अग्रता बनाएका थिए । ७७ औं मिनेटमा फोफोनाले पेनल्टि डिबक्सभित्र गोलरक्षक बिट भइसकेको अवस्थामा प्रहार गरेको बलले जाली चुमाएपछि रुपन्देहीलाइ जित नजिक पुरयाएका थिए । दोस्रो हाफमा पुरै दबाबमा परेको नागाल्याण्डले खेलको इन्ज्युरी समयमा थप दुई गोल खान पुगेको हो । ९३ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा शक्ति राईले गोल गरेभने अर्को गोल पुन एक मिनेट बित्न नपाउँदै ९४ औं मिनेटमा फोफोनाको पासमा पुन अर्को गोल गर्दै रुपन्देहीले नागाल्याण्डलाई ४–शुन्यको लज्जास्पद हार चखाएको हो ।

नागाल्याण्डले भने खेल अवधिभरमा पाएका अवसरलाई भने सदुपयोग गर्न सकेन । प्रतियोगितामा रुपन्देहीका शक्ति राई म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । नेपाल र भारतका दश टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार आयोजक माइभ्याली फूटबल क्लब इलाम र ग्यान्टोक सिटि फूटबल क्लब सिक्किम भारतबीच प्रतिष्पर्धा हुनेछ । आउँदो फागुन २४ गते हुने प्रतियोगिताको बिजेताले नगद आठलाख र उपबिजेताले नगद पाँचलाख रुपैंयाँ पाउनेछ । उत्कृष्ट खेलाडीले एकलाख २५ हजार रुपैंयाँ पाउनेछ ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग बिजेता मच्छिन्द्र फूटबल क्लब, उपबिजेता त्रिभुवन आर्मि क्लब जस्ता नेपाल र भारतका चर्चित फूटबल क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का आर्थिक तथा योजना मन्त्री इन्द्र आङबोले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार