
इलाम । खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च रहेको प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । इलाममा विहिबारबाट सुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटवल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
दक्षिण एशियाली १३ औँ साग प्रतियोगिताको उदाहरण दिदै उनले भने, ‘यो छविलाई यथावत राख्न नेपाली खेलाडीका लागि जस्तो सुकै सहयोग गर्न परे गर्ने तयार छौँ ।’खेलकुद क्षेत्रको विकास देशको समग्र विकाससँग तुलना हुने बताउदै, उनले खेलकै कारण देश समृद्धितर्फ उन्मुख भएको उल्लेख गरे ।

विहीबार देखी सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आगामी फागुन २४ गते प्रतियोगिताको फाइनल खेल हुने माइभ्याली फूटबल क्लव इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले बताए । प्रतियोगितामा प्रथम हुने टीमले नगद ८ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हाल पार्ने छन् । त्यस्तै उपबिजेता टीमले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।



1490 पटक हेरिएको 






