धेरै पत्नी विवाह गर्ने पुरुष मर्द मानिने र महिलाले आफ्नै ग्रहको कारण सौता पाउने हाम्रो परम्परागत सोचले लामो समय निरन्तरता पायो । वहुविवाह गर्नेले दुईमात्र नभएर पाँच भन्दा वढी श्रीमती विवाह गरेको पनि यदाकदा देखिन्थ्यो । वहुविवाहलाई सामाजिक अपराधको रुपमा लिईदैनथ्यो । समय परिवर्तनसँगै शिक्षा र चेतनाको प्रभावले वहुविवाह महिलाको लागि अन्यायपूर्ण भएको महशुष भई यसलाई कानुनी सजाय तोकिनु पर्र्ने माग हुन थाल्यो । माग वढ्दै गएपछि मुलुकी ऐनमा कानुन विपरीत गरीने वहुविवाहलाई कैंद र जरिवाना हुने व्यवस्था भयो । मुलुकी ऐन २०२० को पहिलो संशोधन २०२१ मा कानुनले वहुविवाह गर्न हुने भनि तोकेका सर्तहरु वाहेक वैवाहिक सम्वन्ध कायम रहेको पुरुषले अर्को श्रीमती विवाह गरेमा एक महिनासम्म कैंद वा एक हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने र अर्को श्रीमती भएको जानी जानी विवाह गर्ने महिलालाई ७ दिनसम्म कैंद वा ५० रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था भयो ।
विवाहित पुरुषले श्रीमतीको मृत्यु वा सम्वन्ध विच्छेद भएमा,विधीवत अंश लिई भिन्न वसेमा,यौन सम्वन्धी सरुवा रोग भई निको नहुने भएमा ,विवाह भएको दश वर्षसम्म सन्तान नभएमा र पूर्ण रुपले कूँजी वा अन्धी भएमा वहुविवाह गर्न पाउने कानुनका सर्तहरु मध्ये धेरै जसो सर्तहरु पहिलो संशोधनमा पनि थिए । ती सर्तहरु वाहेक गरेको वहुविवाहमा कैंद जरीवानाको व्यवस्था हुँदा पनि वहु विवाह गर्ने क्रम घटेन । केहि समयपछि श्रीमती अन्धी, कुँजी, सरुवा रोगी र सन्तान नभएकी हुँदा पुरुषले वहुविवाह गर्न पाउने अवैज्ञानिक र विभेदीत व्यवस्था हटाइ वहुविवाहको अपराध घटाउन सजाय वढाउनु पर्ने माग सर्वत्र उठ्न थाल्यो ।
त्यसपछि दश वर्ष सन्तान नहुँदा अर्को श्रीमती विवाह गर्न पाउँने सर्त संशोधन भई श्रीमतीको कारणले सन्तान नभएको मेडिकल वोर्डवाट प्रमाणित हुनु पर्ने व्यवस्था भयो । मुलुकी एघारौ संशोधन २०५८ वाट कानुन विपरीत वहु विवाह गर्ने पुरुषलाई एक वर्षदेखि तीन वर्षसम्म कैंद र पाँचहजार देखि पचिसहजारसम्म जरीवाना हुने गरी सजायमा वृद्घि भयो । अघिल्लो श्रीमती भएको जानी जानी विवाह गर्ने महिलालाई पनि सोहि वमोजिम कैंद र जरीवाना हुने भयो ।
मुलुकी ऐनमा २०६३ सालमा श्रीमतीले विधीवत अंश लिएमा वा सम्वन्ध विच्छेद गरेमा वा निको नहुने गरी वौलाएमा वाहेक माथि उल्लेखित अन्य अवस्थामा विवाहित पुरुषले वहुविवाह गर्दा अघिल्लो श्रीमतीको स्विकृत लिनु पर्ने समेत व्यवस्था भयो ।
मुलुकी ऐनमा २०७२ साल देखि वहुविवाह सम्वन्धमा लोग्ने स्वास्नी विच विधीवत अंशवण्डा भई भिन्न वसेमा,सम्वन्ध विच्छेद गरेमा वा श्रीमतीको मृत्यु भएमा वाहेक कुनै लोग्ने मानिसले आप्mनो श्रीमती छँदै वहुविवाह गरेमा सोहि सजाय हुने गरी अगाडी देखिका वहुविवाह गर्न पाउँने अन्य सर्तहरु खारेज भए ।
एक देखि तीन वर्षसम्म कैंद र पाँचदेखि पचिसहजार सम्म जरीवानाको व्यवस्था हुँदा पनि वहुविवाह गर्ने क्रम घटेन । धेरै श्रीमती विवाह गर्ने क्रम कम हुँदै गए पनि दुईजनासम्म श्रीमती विवाह गर्ने क्रम रही रह्यो । यो क्रमले सजाय वढाएरमात्र वहुविवाहको अन्त्य नहुने महशुष हुन थाल्यो । त्यसपछि वहुविवाहले मान्यता पाउनु हुँदैन भन्ने आवाजहरु आउँन थाले ।
वर्तमान अवस्थामा कार्यान्वयनमा रहेको मुलुकी अपराध संहिता २०७४ पारित भएपछि वहुविवाह सम्वन्धी धेरै प्रावधानहरु संशोधन भएका छन् । श्रीमान श्रीमतीको विवाह वदर भएमा,कानुन वमोजिम पति पत्नीको सम्वन्ध विच्छेद भएमा,पत्नीले सम्वन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा, पति वा पत्नीको मृत्यु भएमा,पति पत्नीले कानुन वमोजिम अंश वण्डा गरी भिन्न भएमा पुन विवाह गर्न पाउँने कानुनी व्यवस्था छ । उक्त अवस्था वाहेक विवाहित पुरुषले वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुँदैन, वा एक पतीसँग दुई वा दुईभन्दा वढी पत्नी विधीवत रुपले एकैसाथ रहन सक्दैनन् । कुनै पुरुष विवाहित हो भन्ने जानी जानी त्यस्तो पुरुषसँग महिलाले विवाह गर्नु हुँदैन । यसरी वहुविवाहको कसूर गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैंद र दश हजारदेखि पचासहजार सम्म जरीवाना हुने व्यवस्था छ । विवाहीत पुरुषले वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह स्वतः वदर हुने नयाँ व्यवस्था रहेको छ । वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा वहुविवाह गरी आउने महिलाले नजानी विवाह गरेको प्रमाणित भए सजाय नहुन सक्ला तर विवाह चै कवदर नै हुन्छ । यो व्यवस्था महिलाका लागि अति संवेदनशिल छ । मुलुकी अपराध संहिता २०७४ पारित हुनु भन्दा अगाडी वहुविवाह गर्ने पुरुषले विवाह गरेकी श्रीमतीले सजाय पाए पनि नपाए पनि विवाहले मान्यता चै पाउँथ्यो । श्रीमतीको हैसियतले श्रीमानको तर्फवाट पाउने अधिकार सवै प्राप्त हुन्थ्यो तर अवको व्यवस्थामा वहुविवाहमा पर्ने महिलाको विवाह स्वतः वदर हुन्छ । त्यस्ता महिलालाई श्रीमतीको कानुनी हैसियत प्राप्त हुँदैन, विवाह दर्ता हुँदैन र कुनै अधिकार प्राप्त गर्ने आधार हुँदैन । लोग्नेको सम्वन्धका कारण प्राप्त हुने वासस्थान, ठेगाना र ठेगानाको आधारमा पाईने सेवा सुविधा केहि पाईदैन । लोग्नेको सम्वन्धको आधारमा पाउने अंश,आर्थिक,सामाजिक,साँस्कृतिक, राजनैतिक कुनै अधिकार उपभोगको लागि दावी गर्न पाईदैन । लोग्नेको मृत्यु पछि उसको पेन्सन लगायतका निजी सम्पक्तिको अपुतालीमा दावी गर्न पाईन्न । श्रीमानसँग श्रीमतीको सम्वन्ध कायम हुन नसकेपछि पछि आउँने महिलाको कुनै कानुनी हैसियत हुँदैन । त्यो घरमा वसे पनि केवल घरको वेतलवी कामदार जस्तोमात्र हुन्छ ।
मुलुकी अपराध संहिता २०७४ पारित भई कार्यान्वयनमा आएको दुई वर्ष हुन लाग्दा पनि यसमा भएको विहावारी सम्वन्धी व्यवस्थाको जानकारी नागरिक समाजमा अन्यन्त न्युन देखिन्छ । पुरुषले वैवाहिक सम्वन्ध कायम भएको अवस्थामा गरेको वहुविवाह स्वह वदर हुने व्यवस्था थाहा नपाएर अझसम्म पनि वहुविवाह भईरहेका छन् । यो व्यवस्था अनुसार महिलाले नजानेको नवुझेको पुरुषसँग विवाह गर्दा वदर हुने समस्यामा पर्न सकिने हुनाले विवाह गर्न धेरै वुझ्नु पर्ने भएको छ । अव कानुनले तोकेको सर्त अनुसार कसैको पनि पुन विवाह हुन सक्छ तर वहुविवाह हुन सक्दैन । वहुविवाह वा दुई वा दुई भन्दा वढी श्रीमतीहरु एक पुरुषसँग एकै साथ हुुन नसक्ने हुँदा पुरातन सोच अनुसारको सौतेनी ग्रहको अन्त्य भएको छ । यो जानेर वुझेर विवाह गर्नेका लागि सुखद विषय हो । लोग्नेसँग सम्वन्ध विच्छेद नहुन्जेल वा विधीवत अंश अलिएसम्म सौताको गुन्जायस हुँदैन तर वैवाहिक सम्वन्ध कायम भएको पुरुषसँग विवाह गर्नेका लागि यो अति दुखद विषय हो, त्यस्तो वहुविवाहमा न श्रीमान श्रीमतीको कानुनी हैसियत हुन्छ न क्षतिपूर्ती नै पाईन्छ । उजुरी परे र ठहरे दण्ड सजायमात्र भोग्नु पर्ने हुन्छ ।