काेरियामा सचेत रहन आव्ह्रान

काेराेना

  शंकर विस्वासी

 1580 पटक हेरिएको

दक्षिण कोरिया/रोजगारी,शिक्षा लगायत विभिन्न शिलशिलामा करिब ५० हजार बढी नेपालीहरु रहेको दक्षिण कोरियामा पछिल्लो समय चीनको वुआन बाट सुरु भएको नोबेल कोरोना भाइरस फैलिने क्रमले तीव्रता लिएको छ । कोरियाको चौथो ठुलो शहर मानिएको थेगुस्थित एक चर्चमा संक्रमित महिलाको प्रवेश पछि अन्य मानिसहरुमा समेत संक्रमण फैलिएको हो ।

उक्त शहर वरीपरी थप संक्रमण फैलिन नदिन स्थानीय सरकारले सतर्कता अपनाउन सुचना समेत जारी गरि सकेको छ । राजधानी सौल लगायतका अन्य केहि ठाउँमा समेत भाइरस संक्रमित बिरामी फेला परेका कारण सकेसम्म भिडभाड हुने ठाउँ तिर नजान,सुरक्षित माक्स को प्रयोग गर्न र हात राम्रो संग धुन सुचना जारी गरिएको छ । भाइरसका कारण अहिले सम्म ४ जनाको मृत्यु आधिकारिक रुपमा पूष्टी भएको छ भने करिब ४ सय ५० जनामा संक्रमण देखिएको छ । यसै विच केहि नेपाली कामदारहरुले निउज ट्वेन्टी फोर टेलिभिजनको कार्यक्रमको सिधा कुरा जनता संगमा प्रत्यक्ष कुराकानी गरेर यहाँको स्थितिका बारेमा जानकारी गराइनु थप चासोको विषय बनेको छ ।

सामाजिक संजालमा अहिले धेरैले आफुहरु भाइरल हुन लाइभमा आएर अफवाह फैलाउन खोजेको आरोप समेत लगाई रहेका छन भने केहिले सचेतना वा जानकारी गराउनुलाई सकारात्मक भनेका छन । तर लाइभमा भनिए जस्तो विकराल अवस्था भने यहाँ देखिदैन कतिपय यहाँका नागरिकहरु समेत सुरक्षाको कुनै उपाय विना नै निर्वाद हिडिरहेका छन,आफ्नो नियमित काममा व्यस्त छन त्यसले के पुष्टी गर्छ भने बाहिर हल्ला चले जस्तो भयावह स्थिति भने छैन । त्यसो त सामान्य समस्या आउन अघि सबैको मोबाइलमा सतर्कताको लागी म्यासेज आउनु यहाँको लागी सामान्य कुरा हो त्यही म्यासेजका कारण नेपालीहरु त्रसित भएको कतिपयको टिप्पणी छ ।

नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले स्थानीय सरकार र स्वास्थ्य सम्बन्धि निकायहरुले रोकथामका अनेक उपाय लगाइरहेकोले उनिहरुबाट प्राप्तहुने जानकारी र सुरक्षाका उपायहरु सके सम्म अवलम्बन गर्न र सुरक्षित रहन, कोरोनाको संका लाग्ने लक्षणहरु देखा परेमा समयमै जानकारी गराउन छुट्टा छुट्टै सुचना जारी गरेको छ । यसै गरि विभिन्न कारणले अवैधानिक रुपमा रहेका कुनै पनि विदेशीलाई स्वास्थ्य सम्बन्धि समस्या परेमा सार्वजनिक स्वास्थ्य संस्थाहरुमा कोरियास्थित अध्यागमन कार्यलयले उनिहरुको कानुनी हैसियत नखोज्न निर्देशन दिइएकोले निर्धक्क उपचार गराउन जान सकिने, उपचारको क्रममा धरपकड नगरिने स्वदेश नफर्काइने भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार