दक्षिण कोरिया/भनिन्छ, गीत संगीत र साहित्यको कुनै सिमाना हुदैन, नत कुनै भाषा । र, कुनै ठाउँ या परिस्थिति जहिले जहाँपनि सिर्जना हुन सक्छ । यतिसम्म कि सर्जक जसो तसो बाचेरै भएपनि । चाहे त्यो कोरोना जस्तो डरलाग्दो भाइरस नै किन नहोस, हरेक मान्छेको आत्मबल बढाउने एउटै भरपर्दो माध्यम हुन सक्छ गीत संगीत ।सर्जकहरुले सिर्जना गर्ने विधा मध्ये प्रायट्: धेरैलाई मन पर्ने विधा हुन सक्छ गीत संगीत भनिन्छ मानिस मात्र होइन पशुपन्छीलाई समेत संगीतले मक्ख पार्न सक्छ । प्रविधिको आधुनिकताले जतिसुकै फड्को मारे पनि संगीत पारखीको जमात उस्तै छ, फरक यति हो सुन्ने तरिका र समय आ-आफ्नै होलान् । माया प्रेम व्यक्त गर्नदेखि खुशी साट्न र पीडा भुलाउन समेत गीत संगीतले महत्वपूर्ण भुमिका खेलेको हुन्छ हर मान्छेको जीवनमा । हुन त जीवन जीउन हर कोहिलाई कहाँ सहज छ र तर पनि जसो तसो बांच्नै परेको छ । भगवानको लीला पनि अचम्मको छ कहिले खुशी, कहिले पीडा, कहिले जन्म र अन्त्यमा मृत्यु पनि । मृत्युलाई जित्ने साहस त कसैलाई नहोला तर “जसो तसो बांँचेकै छु” भन्नुमा बेग्लै आनन्द छ ।
पछिल्लो समय रोजगारीको लागि आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा काम गर्न तेति सजिलो पक्कै छैन, कामको थकान र तनावका वीच पनि सिर्जनात्मक काम गर्न भ्याउनु कल्पनाभन्दा परको कुरा हुन सक्छ जो कोहिका लागि । हरेक पटक दुर्घटना र मृत्युको समाचार अपडेट भइरहँदा पनि जसो तसो बांच्नु परेको शव्दहरुलाई सुन्दर तरिकाले उनेका छन कोरियामा रहेका लिला खतिवडाले । “लीला” मार्फत। पूर्वको सुन्दर नगरी इलाममा जन्मिएर रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका लिला खतिवडा साहित्यमा मात्रै होइन सामाजिक कामका लागि पनि निकै सक्रिय छन् । उसो त उनी इलामेली समाज कोरियाका उपाध्यक्ष समेत हुन । उनै खतिवडाले यतिखेर कोरोना जस्तो भयानक भाइरसको सन्त्रास फैलिएरहेको बेला हरेक मान्छेमा आत्माविस्वास बढाउन एउटा सुमधुर गीत बजारमा ल्याएका छन “जसो तसो बांचेकै छु” ।
परदेशमा रहेका परदेशीहरुको मनोभावलाई समेटेर रचिएको ” जसो तसो बांचेकै छु ” बोलको उक्त गीतमा पछिल्लो पटक चर्चामा रहेको रियालिटी सो द भोइस अफ नेपालकी प्रतिस्पर्धि प्रेक्षा लम्सालले स्वर दिएकी छिन् । निर्मल दियाली र गोपाल रसाईलीले सुमधुर संगीत भरेका छन् । ३६० स्टुडियोमा तयार पारिएको उक्त म्युजिक भिडियोमा कलाकार रेगन क्षेत्री र दिपिका बुढाथोकीले अभिनय गरेका छन् । गीतकार खतिवडाले आफ्नै “लिला खतिवडा यु ट्युब च्यानल” बाट उक्त गीत सार्वजनिक गरेका हुन ।


1530 पटक हेरिएको 






