माउण्टमेरीको वार्षिक उत्सवमा खेलुकद र साँस्कृतिक कार्यक्रम(तस्बीरसहित)

  सरलपाटी संवाददाता

 843 पटक हेरिएको

इलाम।इलाम नगरपालिका वडा नं. ५ स्थित माउण्ट मेरी इंलिस स्कूलको ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित शनिबार सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा खेलुकद उत्सवसँगै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । विब्ल्याँटे बजारको खेलमैदानमा आयोजना गरिएको कार्यक्रममा एक दर्जनभन्दा बढी खेलकुद प्रतियोगिता गराइएको थियो । खेलुकद प्रतियोगितामा विद्यार्थीहरुले भाग लिएका थिए । विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रमाण)पत्र र मेडल प्रदान गरिएको थियो । यसरीनै विद्यार्थीहरुले गीत, नृत्य र नाटक समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माउण्टमेरीका पूर्व विद्यार्थी तथा माङ्गसेबुङ्गकी लेखा अधिकृत मञ्जु भट्टराईलाई पनि विद्यालयले सम्मान गरेको थियो । यसरीनै विद्यालयमा लामो समयदेखि अध्यापन गर्दै आएका शिक्षक रुद्र लम्सालमा पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
विद्यालयका निर्देशक मदन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष ठाकूरनारायण श्रेष्ठ, विशिष्ठ अतिथि वडा नं. ३ का अध्यक्ष तीर्थ गुरुङ्ग, इलाम नगरपालिका कार्यपालिका सदस्य सीता रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, विद्यालयका संस्थापक अनिल निरौला, प्याब्सन इलामका सचिव छवि लम्साल, प्याब्सन इलाम नगरपालिकाका अध्यक्ष कुशबहादुर थेबे, स्थानीय समाजसेवी मनराज जबेगूलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार