इलामका एक युवाले काेरियामा गरे आत्महत्या

वैदेशिक राेजगार

  शंकर विश्वासी

 8803 पटक हेरिएको

 दक्षिण कोरिया /दक्षिण कोरियामा एकजना नेपालीले आत्महत्या गरेका छन । राजधानी सौलबाट करिब तीन सय ४५ किलोमिटर टाढा ख्यङसान नाम्दोस्थित मिर्याङ शहर नजिकै एक स्याउ खेतीमा काम गर्दै आएका साविक गजुरमुखी-३ हाल माङ्सेबूङ गाउँपालिका-३ इलामका २७ बर्षीय यामकुमार लिम्बूले आत्महत्या गरेका हुन ।
मृतक लिम्बू ३  बर्ष अघि रोजगारीका लागि कोरिया आएका थिए । मृतक लिम्बूको भाई समेत कोरियामा नै कार्यरत रहेका छन । मृतक लिम्बू केहि दिन अघि देखि आफु  विदामा नेपाल जाने कुरा कम्पनीको साहुसङ्ग गर्दै आएका थिए । मृतक लिम्बूको पोस्टमार्टम रिपोर्ट आइ नसकेको कारण के कति कारणले आत्माहत्या गरेका हुन खुल्न सकेको छैन तर प्रारम्भिक अनुसन्धानका क्रममा मानसिक तनाबकै कारण आत्महत्या गरेकाे हुन सक्ने आकलन गरिएको छ ।
मृतक लिम्बूले कम्पनीमा आफ्नो कोठासङ्गै रहेको गोदाम भित्र झुन्डिएर आत्महत्या गरेको थिए । मृतकको शव मिर्याङस्थित एक अस्पतालमा राखिएको मिर्याङ नेपाली समाजका शम्भु राउतले जानकारी गराएका छन । मृतकका बारेमा आवश्यक प्रक्रियाका लागि नेपाली राजदुतावासलाई जानकारी गराई सकिएको नेपाली सम्पर्क समितिका उपाध्यक्ष हरि खनालले जानकारी गराएका छन ।
मृतक लिम्बुकाे दुई छाेरी र श्रीमति नेपालमै छन् ।
पछिल्लो समय रोजगारीका लागी आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियामा आत्माहत्या लगायत विभिन्न कारणले नेपालीहरुको मृत्यु हुने क्रम बढिरहनु चिन्ताको विषय बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार