इलाम । इलाम सदरमुकाममा प्रणय दिवसका अवसरमा प्रेम सम्बन्धी कविता बाचन भएको छ । केही समयअघि कवियत्री बालिका थपलियाद्वारा लिखित कविता संग्रह प्रणयपथको चर्चाका शिलशिलामा कविता बाचन गरिएको हो ।
इलाम साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा पुस्तककी लेखिका बालिका थपलिया, गजलकार प्रवेश निशेध, कवि विमल वैद्य, अर्जुन योङहाङ, प्रकाश थाम्सुहाङ लगायतले कविता बाचन गरेका थिए ।साथै, लेखिका थपलियाको किताबमाथि समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै साहित्यकार सुरेन्द्र राईले प्रेम भन्नाले नव युवा र युवती बीच हुने बुझाइ गलत बुझाइ रहेको उल्लेख गरे । यस्तै, कार्यक्रममा बोल्दै साहित्यकार विमल वैद्यले लेखिका थपलिया राम्रो लेखनशैली भएको कवियत्री रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै डा देवी क्षेत्री दुलालले लेखिका थपलिया समाजमा रहेका घटनालाई सरल भाषामा कवितामा उतार्ने सर्जक रहेको बताए । कार्यक्रममा साहित्यकार हाङयुग अज्ञात लगायतले मन्तब्य राखेका थिए । साहित्यिक समाजका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन अर्जुन योङहाङले गरेका थिए ।