२२ जना सम्मानित फोटोफिचर सहित

मनोबल बढाउन सम्मान

  सरलपाटी सम्वाददाता

 1916 पटक हेरिएको


इलाम । इलाममा २२ जनालाई एक साथ सम्मान गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमा अभिकर्तालाई राम्रो काम गरे बापत एकसाथ जिल्लाका २२ जनालाई सम्मान गरेको हो ।  जसमध्ये ११ जना भने अनुपस्थित रहेको बताइएको छ ।

कम्पनीले आफ्नो उत्प्रेरणा कार्यक्रम अन्तरगत एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखा प्रमुख टंक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रकाशचन्द्र गुरागाई, खडानन्द बराल, रत्नदेवी सुनुवार, दोर्जे शेर्पा, शान्ति गुरुङ्ग, सुमित्रा दाहाल, मैना कुमारी राई, प्रकाशचन्द्र बराल,सुजता सुनुवार लगायतलाई सम्मान गरिएको हो ।

उनीहरुलाई ज्याकेट, ब्याग झोला, भित्ते घडी, डायरी र खदा लगाएर सम्मान गरिएको प्रमुख श्रेष्ठले बताए । प्रोत्साहनले लगनशील बन्न र कम्पनीप्रति बफादार रहन सहयोग गर्छ । आफ्नो कामप्रति जिम्मेवारी बोध गर्न सक्ने बनाउनु कम्पनीको कर्तव्य भएकोले उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको उनको भनाई छ ।

सम्मान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सहायक महाप्रवन्धक तुलसीनाथ पौडेलले सम्मान प्रदान गरेका थिए । अभिकर्तालाई शाखा कार्यलयको भवनमा एक कार्यक्रमको आयोजना गरी  सम्मान गरिएको हो ।    हालसम्म जम्मा दुई सय ५० भन्दा बढीलाई सम्मान गरिसकिएको कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार