सम्बृद्धिको मुल आधार मौलिक पहिचानलाई बनाउनुपर्छः मुख्यमन्त्री राई

पाँच दिने इलाम राष्ट्रिय नाटक महोत्सव’ शुरु

  सरलपाटी सम्वाददाता

 508 पटक हेरिएको

इलाम । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले नेपालको मौलिक पहिचानलाई सम्बृद्धिको मुल आधार बनाउनुपर्ने बताएका छन् ।

इलाममा शुरु भएको राष्ट्रिय लोक नाटक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राई सम्बृद्धि भौतिक पूर्वधारको विकासमा मात्रै सीमित नहुने बताए । ‘हामी सम्बृद्धिको कुरा गरिरहेका छौ, सम्बृद्धि सडक या भौतिक पूर्वधारहरुको विकासमा मात्रै सीमित हुनुुहुँदैन’, मुख्यमन्त्री राईले भने, ‘सम्बृद्धिको मूल आधार हाम्रो मौलिक पहिचान, संकृति कलासंगीतलाई बनाउनुपर्छ ।’

अन्य देशहरुको तुलनामा नेपाल आर्थिक रुपमा गरिव भएपछि मौलिक पहिचान, संस्कृति कला संगीत र प्रकृतिले विश्वमानै धनि रहेको उनको भनाई छ । ‘हाम्रो देश गरिव छ, हामी देशलाई धनि बनाउने उद्देश्यका साथ लागिरहेका छौ’, उनले भने,‘ बेग्लै पहिचान विविधताको जगामा उभिएको देश नेपाल मात्रै हो, हामी प्रकृतिले संस्कृतिले मौलिक पहिचानहरुले, साहित्य र संगीतले विश्वमानै धनि छौ । यस्तो देश संसारमा अरु कुनै पनि छैन ।’

नेपालमा रहेका मौलिक पहिचान सहित कला साहित्य संगीतलाई संरक्षण र प्रवद्र्धन गर्न सके नेपालाई संसारमा चिनाउन सकिने मुख्यमन्त्री राईको भनाई छ । ‘मौलिक पहिचान, संस्कृति, कला, साहित्य र संगीतलाई संरक्षण गर्न सक्दा सम्बद्र्धन गर्न सक्दा संसारमा वेग्लै ढंगले नेपाललाई चिनाउन र उभ्याउन सक्छौ’, मुख्यमन्त्री राईले भने ।

महोत्सवको उद्घाटन अघि ठूलो टुडिखेलबाट झाँकी सहितको ¥यालीले बजार परिक्रमा गर्दै कार्यक्रम स्थल सिटिहल पुगेको थियो । सास्कृतिक संस्थानको आयोजना तथा इलाम नगरपालिका साहित्यक कला संगीत प्रतिष्ठान र चेतना नाट्य समुहको सहकार्यमा पाँचदिने नाटक महोत्सव शुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार