इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिका–३ का दुई युवा भरुवा बन्दुक सहित शुक्रबार पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा २२ वर्षका विशाल राई र ४१ बर्षका शिवकुमार राई रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
गाउँमा शंकास्पद गतिविधिहरू गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी खटि गई उनीहरुलाई पक्राऊ गरिएको प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए । उनका अनुसार, उनीहरूको साथबाट १५० ग्राम बारुद समेत फेला पारिएको छ ।
उनीहरुलाई सम्मानित इलाम जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।