काेरियाकाे चाड सालनालमा नेपाली रमाउँदै

  शंकर विस्वासी

 901 पटक हेरिएको

दक्षिण कोरिया /लुनार पात्रो अनुसार कोरियन नयाँ बर्ष अर्थात “सलनाल” भर्खरै सकिएको छ । प्राय अङ्ग्रेजी पात्रोको फेब्रुअरी महिना भित्र  पर्ने सलनाल यो बर्ष भने जनवरी महिनाको २५ तारिख परेको थियो। कोरियाको ठुला २ चाड मध्ये कोरियन दशै “छुसक” पछि यो दोस्रो महत्त्व को पर्ब हो । विशेषगरि एकापसमा शुभकामना आदानप्रदान गरेर मनाइने नयाँबर्षमा कोरियन राष्ट्रिय पोसाक “हानबोक” लगाएर आफुभन्दा ठुलाबढाहरुलाई ढोग गरि आशिर्वाद सङ्गै दक्षिणा लिने चलन छ । बितेका आफन्तहरुको सम्झना गर्दै मनाइने सलनालमा विषेश परिकारका रुपमा पिठोबाट बनाइएको तक को झोल खाने ,चङ्गा उडाउने र पासा खेलिन्छ ।
हरेक बर्ष ३ दिन सम्म मनाइने कोरियन नयाँ बर्ष सलनालमा यो पटक शनिबार र आइतबारको सार्वजनिक विदा समेत सङ्गै परेकोले प्राय सबै कम्पनीहरुले लगातार ५ दिन सम्म विदा दिएका थिए । नेपालीहरुको लागी रोजगारीको आकर्षक गन्तव्यको रुपमा रहेको कोरियामा करिब ५० हजार बढी नेपालीहरु रहेको अनुमान गरिन्छ । विदाको समयमा आफन्त तथा साथिभाई भेट्न सहज भएकोले प्राय सबै नेपाली राजधानि सौलस्थित पर्यटकीय शहर तोङ्देमुन र सुवन शहरमा अरुठाउँ भन्दा बढी उपस्थित हुने गरेका छन् । त्यसो त नेपालीहरुकै भिडभाडका कारण स्थानीय लाई आवत जावतमा समेत समस्या देखिने गरेको छ भने होटलहरुमा खानाखान लाइन लागेर पर्खिनु पर्ने अवस्था समेत हुने गरेको छ । बाहिर हेर्दा नेपालको कुनै जात्रा वा मेला लागेको जस्तै देखिन्छ । तोङ्देमुन रेल स्टेसनको ३ नम्बर गेट नेपालीहरुमाझ निकै लोकप्रीय छ जस्लाइ भेट्न चाहे पनि प्राय ३ नम्बर गेटमा आउनुस् भने पछि ढुक्क हुन्छ । त्यही गेटको वरिपरी नेपाली व्यवसायीहरु द्वारा संचालित होटल तथा पसलहरु प्रशस्तै छन् ,विभिन्न कार्यक्रमका टिकट बिक्रेताहरुको पनि भ्याइनभ्याई हुन्छ ।
विभिन्न उदेश्यले स्थापित सामाजिक संघसंस्थाहरुले नेपालीकलाकार सहितको कार्यक्रम हरेक छुसक र सलनालमा गर्दै आइरहेका छन् । यस पटकको सलनालमा द भोइस अफ नेपाल सिजन – २ का सहभागी देखी लिएर कवि तथा साहित्यकारहरु सम्म कोरिया आउन भ्याए । मासिक १ लाख ७० हजार रुपैयाँ  बढी न्यूनतम तलब रहेको कोरियामा औद्योगिक क्षेत्रको तुलनामा कृषि तथा पशुपालन क्षेत्रमा कामगर्नेहरुका लागी भने यस्ता चाढ पर्वहरुले खासै महत्व राख्दैन । छुट्टि नमिल्ने या मिले पनि कार्यस्थल राजधानी बाट धेरै टाढा हुने भएकाले सहभागी हुन गारो हुने गरेको छ । महिनामा प्राय २ दिन मात्रै विदा दिने कम्पनीहरु धेरै छन्। यस पटक नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले २४ तारिख सांझ द भोइस अफ नेपालका प्रतिस्पर्धी विकास लिम्बू लगायतका कलाकार सहित सउल सांगीतिक सांझ मार्फत सुरुवात गरे सङ्गै भक्तपुर समाज ले द भोइस अफ नेपालको टिम र दुर्गेस थापा लगायतका चर्चित कलाकारहरु उपस्थित गराए भने ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले 1974 AD व्यान्ड सहितका कलाकारहरुमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । किरात याक्थुङ चुम्लुङले भने नुमाफुङ्ग सांगीतिक सांझ को आयोजना गरेर द भोइस अफ नेपाल सिजन – २ का प्रतिस्पर्धीहरु राम लिम्बू  र विकास लिम्बू सहित कवि तथा लेखक स्वप्निल स्मृति लाई विषेश सम्मान गर्यो । सधै कलाकारहरुको मात्रै प्रस्तुती हेरिरहेका नेपाली हरुले यो पटक फरक स्वाद पनि चाख्न पाए र यो अवसर कोरियामा रहेर साहित्यको क्षेत्रमा केहि गरौं भन्ने सोचले संगठित भएका सर्जकहरुको समुह इतर आवाज साहित्य समाज दक्षिण कोरियाले जुटाइदियो ।
नेपाली साहित्यको उच्च सम्मान अर्थात मदन पुरस्कार विजेता “दमिनी भिर” उपन्यासका लेखक तथा कवि राजन मुकारुङ, कवि तथा लेखक द्वय स्वप्निल स्मृति र बिना थिङ तामाङ्को उपस्थिती रहेको उक्त कार्यक्रमा “इतर कविता संग्रह” को लोकार्पण समेत गरिएको थियो । विगतका बर्षहरु जस्तै यो बर्षको सलनालमा पनि नेपालका विभिन्न राजनैतिक दलहरुको प्रवास संगठनहरुले विदाको अवसर पारेर अधिवेशन,भेटघाट,चियापान लगायतका कार्यक्रमहरु सम्पन्न गरे भने विभिन्न उदेश्यले संगठित युवाहरूको समुहहरुले डान्सपार्टी लगायतका कार्यक्रमको आयोजना गरेर सन २०२० को कोरियन नयाँ बर्ष सलनाल मनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार