इलाममा ‘दोस्रो इलाम आमन्त्रित राष्ट्रिय नकआउँट पुरुष भलिवल प्रतियोगीता हुने’

खेलमा १२ टिमले प्रतिष्पर्धा गर्ने

  सरलपाटी सम्वाददाता

 575 पटक हेरिएको

 

इलाम । आउँदो चैतमा इलाममा ‘दोस्रो इलाम आमन्त्रित राष्ट्रिय नकआउँट पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । चैत ५ गतेदेखि ८ गतेसम्म भलिवल प्रतियोगिता हुने आयोजक जिल्ला भलिवल संघ इलामले जानकारी दिएको छ ।

१२ टिमको सहभागीता हुने प्रतियोगिताको विजेताले दुई लाख एक हजार रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले एक लाख एक हजार नगद प्राप्त गर्नेछ । पहिलो प्रतियोगितामा विजेताले एक लाख ५१ हजार रुपैयाँ र उपविजेताले ८१ हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।

यो वर्षको प्रतियोगिताको खेलमा म्यान अफ दि म्याच, वेस्ट स्पाइकर, वेष्ट लिफ्टर, वेष्ट सर्भर, वेष्ट सप्लायर, वेस्ट डिफेन्डर, वेष्ट ब्लकर र म्यान अफद सिरिजलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिए ।

खेलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी वलको विभागीय टोली सहित एक नम्बर प्रदेश प्रहरी झापाको भिमान ट्रेडर्स, गण्डगी प्रदेश, इलामको नवचेतना क्लव, पूर्वाञ्चल भलिवल क्लव, दमक भलिवल क्लव, रुपन्देहीको मणी मुकुन्द क्लव, ताप्लेजुङ्ग र आयोजक सहभागी हुनेछन् ।

प्रतियोगीतामा सहभागी हुने खेलाडीका लागि खाना र बास र यातायातको व्यवस्थापन आयोजले गर्ने भएको छ । १७ लाख ४८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताले इलामको खेल पर्यटन प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार