
इलाम।इलामेली समाज बेलायत (युके) ले इलामको माइपोखरी र अन्तुका आगलागी पीडितहरुलाई सहयोग उपलब्ध गराएको छ ।
इलामेली समाज युकेले युकेका सहयोगी नेपालीबाट सहयोग संकलन गरेर पीडितहरुलाई सहयोग गरेको हो । इलामेली समाज युकेका प्रमुख संयोजक शंकर राईले पीडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । माइपोखरीका आगलागी पीडित चार घर परिवारलाईलाई ७० हजार हस्तान्तरण गरिएको हो । माइपोखरीका आगलागी पीडितहरु चक्र मुखिया, निदोर्जे शेर्पा, लाक्पा शेर्पा र कमल मुखियालाई उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, उपाध्यक्ष शोभा पराजुली, वडाध्यक्षहरु नन्दकुमार राई, वर्तमान गुरुङ्ग जीतबहादुर साँवालगायतको उपस्थिति रहेको थियो ।
यसरीनै इलामेली समाज युकेले अन्तुका आगलगी पीडित योगेश आङबुहाङ्ग लिम्बू र बलराम आङबुहाङ्ग लिम्बूलाई २० हजार सहयोग प्रदान गरेको छ । समाजका प्रमुख संयाेजक शंकर राईले पीडितहरुलाई सो रकम हस्तान्तरण गरेका हुन् ।


1115 पटक हेरिएको 






