हेलिबोथ र जनता सेमिफाइनलमा

पुरुषस्तरीय सुम्बेक गोल्डकप

  सरलपाटी सम्वाददाता

 535 पटक हेरिएको

इलाम नगरपालिका २ स्थित सुम्बेकमा जारी दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकप–२०७६’ मा हेलिबोथ बिब्ल्याँटे र जनता सेभेन एफ.सी फिक्कलले अपराजित यात्रा कायमै राख्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको पहिलो खेलमा देवीस्थान फुटबल क्लब सुम्बेकलाई १ का विरुद्ध २ गोलले पाखा लगाउँदै हेलिबोथ सेमिफाइनमा पुगेको हो भने मंगलबारै भएको दोस्रो खेलमा इलाम बजार एफ.सीलाई १ का विरुद्ध २ गोल गर्दै जनता सेभेनले सेमिफाइनलका लागि स्थान पक्का गरेको हो ।

अब फाइनलका लागि भने मंगलबार हेलबोथ र माइमझुवा भिड्ने छन् भने मंगलबारै जनता र पशुपतिप्रसाद गण इलाम खेल्नेतय भएको स्थानीय विष्णु गड्तौलाले जानकारी दिए । सहिद दिवस(माघ १६)को अवसरमा सम्पन्न हुने गरी सुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक सय एक रुपैयाँ,द्वितीय पुरस्कार ५० हजार एक सय एक रुपैयाँ रहेको छ । खेलको प्रथम पुरस्कार सगरमाथा हाइड्रोपावरले प्रायोजन गरेको छ भने द्वितीय पुरस्कार युवा उद्यमी सोम राईले प्रायोजन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार