इलाम । इलाम नगरपालिका २ स्थित सुम्बेकमा जारी दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकप–२०७६’ मा पशुपतिप्रसाद गण इलाम र माइमझुवा एफ.सी क्लब सन्दकपुरले अपराजित यात्रा कायमै राख्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको पहिलो खेलमा पशुपतिप्रसादले इलाम फुटबल एफ.सी क्लबलाई १ का विरुद्ध २ गोलले पाखा लगाउँदै विजयी बनेको हो भने दोस्रो खेलमा रमाइलो बस्ती फुटबल क्लब सुम्बेकलाई ३ का विरुद्ध ५ गोल गर्दै माइमझुवा फुटबल एफ.सी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै, प्रतियोगितामा भोलि देवीथान एफ.सी क्लव सुम्बेक र हेलिबोथ एफ.सी बीच पहिलो सेमिफाइनल खेल हुँदै छ भने जनता सेभेन एफ.सी फिक्कल र इलाम बजार एफ.सी इलामबीच दोस्रो सेमिफाइनल खेल हुने स्थानीय विष्णु गड्तौलाले जानकारी दिनुभयो ।
शहीद दिवस(माघ १६)को अवसरमा सम्पन्न हुने गरी शुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक सय एक रुपैयाँ, Þिद्वतीय पुरस्कार ५० हजार एक सय एक रुपैयाँ रहेको छ । खेलको प्रथम पुरस्कार सगरमाथा हाइड्रोपावरले प्रायोजन गरेको छ भने द्वितीय पुरस्कार युवा उद्यमी सोम राईले प्रायोजन गरेका हुन् ।