दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकपमा तीन टीम विजयी

भोली दुई टीमले प्रतिष्पर्धा गर्दै

  सरलपाटी सम्वाददाता

 257 पटक हेरिएको

इलाम । इलाम नगरपालिका २ स्थित सुम्बेकमा जारी दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकप–२०७६’ मा आज तीन टिम विजयी बनेका छन् । आज भएको प्रतियोगितामा जनता सेवेनले हेल्लो जस्बीरेलाई ० का विरुद्ध ७ को फराकिलो गोल अन्तरले विजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरेको हो भने आजै हेलिबोथ एफ.सी बिब्ल्याँटे र इलाम बजार एफ.सी वोकोवर मात्र क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

इलाम बजार एफ.सी र पुवामझुवा एफ.सीबीचको खेलमा पुवामझुवा अनुपस्थित हुँदा इलामले वकओभरमार्फत क्वार्टर फाइनलको बाटो तय ग¥यो भने हेलिबोथ एफ.सी र बिब्ल्याँटे एफ.सी बीचको खेलमा पनि हेलिबोथ अनुपस्थित रहँदा बिब्ल्याँटे वकओभरबाट नै क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

यस्तै भोलि माइमझुवा एफ.सी सुम्बेक एफ.सी बीच पहिलो र इलाम एफ.सी र पशुपति गण इलामबीच दोस्रो खेल हुने जनाइएको छ । शहीद दिवस(माघ १६)को अवसरमा सम्पन्न हुने गरी शुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक सय एक रुपैयाँ,Þिद्वतीय पुरस्कार ५० हजार एक सय एक रुपैयाँ रहेको छ ।

खेलको प्रथम पुरस्कार सगरमाथा हाइड्रोपावरले प्रायोजन गरेको छ भने द्वितीय पुरस्कार युवा उद्यमी सोम राईले प्रायोजन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार