इलाम नगरपालिका २ स्थित सुम्बेकमा दोस्रो चरणको पुरुषस्तरीय ‘सुम्बेक गोल्डकप–२०७६’ आजबाट सुरु भएको छ ।
उद्घाटन खेलमा टारी फुटबल क्लब सुलुबुङलाई रमाइलो फुटबल क्लब सुम्बेकले ०का विरुद्ध ३ गोल गर्दै घर फर्काएको छ । भने आजै भएको दोस्रो खेलकमा इलाम फुटबल क्लब इलामले सुम्बेक स्टार बोडिङ स्कुल सुम्बेकलाई ० का विरुद्ध ३ गोल गर्दै माथिल्लो चरणमा प्रवेश गराएको छ । उद्घाटन खेल सुम्बेक खेलकुद विकास समितिका अध्यक्ष गिरिराज रिजालको अध्यक्षता र जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर प्रमुख आतिथ्यमा भएको थियो ।
शहीद दिवस(माघ १६)को अवसरमा सम्पन्न हुने गरी शुरु भएको प्रतियोगिताको प्रथम पुरस्कार एक लाख एक सय एक रुपैयाँ, द्वितीय पुरस्कार ५० हजार एक सय एक रुपैयाँ रहेको छ । खेलको प्रथम पुरस्कार सगरमाथा हाइड्रोपावरले प्रायोजन गरेको छ भने द्वितीय पुरस्कार युवा उद्यमी सोम राईले प्रायोजन गरेका हुन् ।