इलाम । इलाम नगरपालिकाको टुडीखेलमा दोस्रो नगरस्तरीय विद्यार्थी प्रतिभा पहिचान तथा खेलकुद महोत्सव २०७६ सम्पन्न भएको छ । इलाम नगरापालिका इलामद्धारा आयोजित महोत्सव सोमबार सम्पन्न भएको हो । महोत्सवमा सहभागी भएका ४७ विद्यालय मध्ये छ विद्यालयले प्रथम पुरस्कार प्राप्त गरेको इलाम नगरपालिकाका नगर खेलकुद प्रतिष्ठानका गणेश खतिवडाले जानकारी दिए ।
उनका अनुसार, प्रथम हुने विद्यालयहरुमा एथ्लेटिक्समा नेपालटार माध्यमिक विद्यालय, कपर्दीमा छात्रतर्फ इलाम माध्यमिक विद्यालय, भलिबल छात्रातर्फ पूर्ण स्मारक माध्यमिक विद्यालय, छात्रतर्फ आदर्श माध्यमिक विद्यालय, कराँतेतर्फ सुम्बेक स्टार गोल्डेन स्कूल, तेक्वान्दो र उसुतर्फ जुविल्यान्ड इलाइट एकाडेमी स्कूलले प्रथम पुरस्कार प्राप्त गरेका छन् । यस्तै द्धितिय हुने विद्यालयमा एथ्लेटिक्सतर्फ आदर्श माध्यमिक विद्यालय, कपर्दीमा छात्रातर्फ इलाम माध्यमिक विद्यालय, भलिवलमा छात्रतर्फ आदर्श माध्यमिक विद्यालय रहेका छन् ।
एथ्लेटिक्समा प्रथम र द्धितिय हुने विद्यालयलाई नगद १०÷१० हजार रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र, कपर्दी र भलिबलमा प्रथम र द्धितिय हुने विद्यालयलाई नगद सात ÷सात हजार रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र र उसु, कराँते र तेक्वान्दोमा प्रथम हुने विद्यालयलाई छ÷छ हजार रुपैँया सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका खतिवडाले जानकारी दिएका छन् । यस्तै सहभागाी ४७ वटा विद्यालयका उत्कृष्ठ १२ जना विद्यार्थीलाई समेत सम्मान गरिएको बताइएको छ । महोत्सव गएको पुस ३ गतेबाट सुरु भएको हो ।