इलाम। इलाम निर्वाचन क्षेत्र नं. २ ख बाट प्रदेश सांसद बनेका राम रानालगायत प्रदेश नं. १ सरकारकाे राज्यमन्त्रीमा नियुक्त चार जनाले आइतबार सपथ लिएका छन् ।
सपथसँगै सबै नवनियुक्त राज्यमन्त्रीहरूले पदभार पनि ग्रहण गरेका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त राम राना, भाैतिक पूर्वाधार विकास मन्त्रालयकाे राज्यमन्त्रीमा नियुक्त अम्बिर बाबु गुरूङ, सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्रीमा नियुक्त जसमाया गजमेर , उद्याेग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त विजय विस्वासले प्रदेश नं. १ का सरकार प्रमुख साेमनाथ अधिकारी प्यासीकाे निवासमा सपथ लिएका हुन् ।
कृषि राज्यमन्त्री राना नेकपा इलामका अध्यक्ष पनि हुन् । उनी राजनीतिसँगै व्यावसायिक किसान पनि हुन् । प्रदेश सरकारले दुई वर्षपछि मन्त्री मण्डल विस्तार गरेकाे हाे । दुई वर्षदेखिनै राना मन्त्री बन्ने चर्चा थियाे । उनी केही दिनअघिसम्म पनि फुलमन्त्री बन्ने चर्चा थियाे । उनलाई कार्यकर्ता र शुभचिन्तकले केहीदिन अघिदेखि फुल मन्त्रीकाे रूपमा फेसबुकमा बधाई दिइरहेका थिए ।