मरब क्याम्पससँग जोडिएका मूलभुत मुद्दा र अनेरास्ववियू

  विशाल कार्की

 1014 पटक हेरिएको

सामान्य परिवारबाट अध्ययनको लागि, आफ्नो सुन्दर भविष्य निर्माणका लागि गाउँबाट सहर पस्दै गरेको एउटा युवा जमात नजाने कयन सपनाको तानाबाना बुनेर पसेको हुन्छ । आमा–बुवाले पनि आफ्नो सन्ततिको सुन्दर भविष्य होस भनेर नै आफ्ना इच्छा र चाहनाहरूलाई वलिदान दिन्छन् । मध्यमवर्गीय परिवारबाट प्रतिनिधित्व गर्ने अधिकांशः विद्यार्थीहरूका अभिभावकले प्राय विदेशिएर, ऋणपान, श्रम, मेहेनत, अर्मपर्म गरेर नै सन्तानलाई उच्च शिक्षाको लागि क्याम्पस पठाउने गर्दछन् ।
ताकि भोलि आफूले भोगेको दुःख मेरो छोरीछोराले नभोगोस् । मध्यम परिवारबाट प्रतिनिधित्व गर्ने अधिकांश विद्यार्थीहरु सरकारी विद्यालय वा विश्वविद्यालयमा नै अध्ययन गर्ने गर्दछन् । नेपालको त्रिभुवन विश्वविद्यालय र यसका आंगिक क्याम्पस नै त्यास्तो शैक्षिक स्थल हो । यिनै मध्ये पूर्वी नेपालको शैक्षिक संस्था हो महेन्द्र रत्न बहुमुखी क्याम्पस ।
मरब क्याम्पस पूर्वी नेपालको एउटा महत्वपूर्ण शैक्षिक केन्द्र हो । सयौं विद्यार्थी आफ्नो उच्च शिक्षा अध्ययनको लागि यस क्याम्पसमा आउने गर्दछन् । कुनै बेला(त्तब्ब्(त्तगबष्तिथ ब्ककगचबलअभ ब्लम ब्अअचभमष्तबतष्यल) सर्टिफाइट भएको र त्रिभभुवन विश्वविद्यालयको जम्मा ६० आंगिक क्याम्पस मध्येको उत्कृष्ट क्याम्पस पनि हो तर आज किन १९ औं स्थानमा झरिरहेको छ ? विद्यार्थीको संख्या बढाउन र नविनतम सोच ल्याउन किन प्रयत्न गरिदैन ?
बढिरहेको विद्यार्थी संख्यालाई किन व्यवस्थापन हुदैन ? आर्थिक पारदर्शिता गरौ भन्दा किन दुष्मनी साधिन्छ ? कयौ प्राध्यपक र कर्मचारी छन् , भौतिक संरचना र ठूलठूला भवन पनि छन् । इलामको ऐतिहासिक, सुन्दर, मनमोहक चियावारी वातावरण वीचको क्याम्पसमा अध्ययन गर्न आउने विध्यार्थी जस्ले सामान्य परिवारबाट सपना पूरा गर्न अनुकूल किसिमको अवसर वा शैक्षिक वातावरण पाएको छ त ?
मरब क्याम्पसको समस्यालाई लिएर शैक्षिक अध्ययनका लागि हरदम लडिआएको संगठन हो अनेरास्ववियू । तसर्थ हरदम शैक्षिक मुद्दालाई आफ्नो मूलमुद्दा मानेको अनेरास्ववियू बर्तमानमा पनि १८ वुँदे माग पत्र अघि सारेर विद्यार्थीको हकहितको पक्षपोषण गर्दै आन्दोलित बनेको स्थिति छ ।
जबजब विद्यार्थीहरु आन्दोलित बन्छन अरूबेला झै यस आन्दोलनका दौरान पनि विभिन्न कोणबाट प्रश्न चिह्न उठाउन थालिएको छ । यो सामान्य पनि हो किनभने जुनसुकै बेला विद्यार्थीले आन्दोलन गर्दछन यस्ता प्रश्न उठ्ने गरेका पनि छन । केही शिक्षालाई माफियाकरण र सरकारी शैक्षिक थलोलाई कमजोर पारेर कमाईखाने भाडोको रूपमा स्थापित गर्न विद्यार्थी आन्दोलनलाई ‘कतैबाट परिचालित’ भन्ने शब्दको आक्षेप लगाउने जमात स्वयं व्यक्तिगत स्वार्थका लागि परिचालित छ भने, यस आन्दोलनको पक्षमा विद्यार्थी आन्दोलन र परिवर्तनलाई बुझेको ठूलो वौद्धिक जमात छ  । आन्दोलनको प्रारम्भबाट नै यस आन्दोलनलाई प्रहार गर्न विभिन्न तिगडमबाजी हुदै नै आएको छ । मुख्य प्रश्न मागपत्रमा के छ ? हुनु पर्नेमा आज अरू नै कुराको लानछना लगाएर मागपत्रका विषयलाई ओझेलमा पार्ने काम भईरहेको छ । केही कथित स्वघोषित बुद्धिजीविहरु यही माग पत्रले क्याम्पसलाई नै सक्यो भन्ने हिसाबले लागिरहेको कुरा पनि बाहिर सुन्नमा आएको छ भने आन्दोलनको साथमा हामिलाई प्रोत्साहन गर्ने ठूलो जमात पनि छ ।
मागपत्रमा के छ ?
७६ कात्तिक २४ गते पेश गरेको माग पत्र १८ बुँदाको थियो । यस अघि २४ बुँदे माग पत्र अनेरास्ववियूले गतबर्ष क्याम्पस प्रशासनलाई पेश गरेको थियो । त्यसका अधिकांश सहमतिहरु मसिसुक्दै जाने तर कार्यान्वयन नहुने स्थिति रहेको छ । क्याम्पस प्रशासन र विशेषगरी क्याम्पस प्रमुखको निरिह , अकर्मठ्य व्यवहारको बेलीविस्तार लगाई साध्ये छैन ।
यसैको परिणाम हो क्याम्पसको खच्कदो शैक्षिक स्थिती । आज सानो–तिनो समस्यामा पनि क्याम्पस प्रशासन लाचार र मुकदर्शक बनिरहेको स्थिति छ  । माग पत्र भित्र हरित संरचना विर्गान क्याम्पस हाताभित्रका रुख विरुवा काट्ने कुरालाई रोक्न पर्ने, गैरकानुनी तवरले निर्माण गरिएका भवनलाई रोग गर्न पर्ने, सुचनाको हक सम्बन्धी नियम कार्यन्वन गर्दै क्याम्पसको बारेमा सम्पूर्ण सरोकारवालालाई सुसुचित गर्न पर्ने, शिक्षा संकायका विद्यार्थीहरुको अन्योलता एवम अन्यायपूर्ण परिक्षा नतिजालाई समाधान गर्न, शैक्षिक माफियाको चङगोलमा परेर बर्षौदेखि कागजमा मात्र सिमित अतिरिक्त कक्षा सञ्चालनलाई रोक पु¥याइरहेको स्थितिबाट अब आन्तरीक परिक्षालाई व्यवस्थित पार्दै नियमित रुपमा अतिरिक्त कक्षा सञ्चालन गर्न, वागवानी संकायमा सहायक क्याम्पस प्रमुखको तत्काल पदपूर्ति गर्न साथै क्रेडिट आवर पूरा भएका विषयलाई ःक्अ ब्न वा सो सरह रामपुर लगायतका क्याम्पसमा अध्ययन गर्न पाउनुपर्ने त्यसै गरी बागबानी संकायका विद्यार्थीहरुले क्रेडिट आवर पुरा भएका विषयमा लोक सेवा आयोगको परिक्षा दिन पाउन पर्ने, व्यवस्थापन संकायको अतिरिक्त शुल्क हटाई त्रिविले निर्धारण गरेको शुल्क मात्र लिन पर्ने, प्राध्यपकहरु मात्र रहेको त्तब्ब् मूल समितिलाई विघटन गरि विद्यार्थी संघ, संगठनहरु सहित सरोकारवाला पक्ष र वुद्धिजीवीहरु समेत हुने गरि पुनर्गठन गरियोस्, प्राध्यपक, कर्मचारी र विद्यार्थीहरुका नियमितताका लागि इलेक्ट्रोनिक हाजिरीको व्यबस्था गर्न पर्ने, एम विए, विविएस लगायतका विषयहरु क्याम्पसमा ल्याउन पर्ने, प्रविधिको प्रयोग गर्दै सबै कक्षामा प्रोजेक्टर जडान गरिनु पर्ने, छात्राबासलाई सुधार, शौलियत एवम सुविधा सम्पन्न बनाउन पर्ने, वागबानी संकायका कक्षा र प्रयोगशाला एकै स्थानमा बनाउदै थप आवश्यक औजार उपकरणको व्यवस्था गर्न पर्ने, वार्षिक शैक्षिक क्यालेण्डर व्यवस्थापन र नियमित कार्यन्वयन गर्नुपर्ने, त्रिवि नियम विपरीत भएर ट्युसन कक्षा जाने प्राध्यापकलाई कारबाही हुनपर्ने, १५० दिन पूर्ण कक्षाको सञ्चालन गरिन पर्ने, करारका नाममा गरिएको श्रम शोषणलाई रोक्दै नियमानुसार सेवासुविधाको व्यवस्था गरिन पर्ने, बार्षिक रुपमा आय–व्यय सार्वजनिक गर्नपर्ने आदि बिषय रहेका थिए । जसलाई लिएर अनेरास्ववियू बहुतै जिम्मेवार ढङ्गले लडिआइरहेको छ र लडिरहने छ ।
हाम्रो प्रयत्न के ?
बाहिर हल्ला फिजिए जस्तो कुनै व्यक्तिको बहिरगमन हाम्रो प्राथामिक कुरा होइन । हामी इतिहास देखि नै शैक्षिक सुधारका लागि आन्दोलित हुदै रचनात्मक रूपमा आफ्नो आवाज बुलन्द गरेर आएको संगठन हौ । मरब क्याम्पसको हकमा क्याम्पस प्रमुखद्वारा शैक्षिक सुधार नदेखिएका कारण अखिल उहालाई क्याम्पसको अध्ययनको बाधक नबन्न अनुरोध गरेको हो । हामी सहकार्य, छलफल र समन्वयमा विश्वास गर्छौ । हामीले मरब क्याम्पसमा प्रविधिको उच्च प्रयोग गर्दै निम्न वर्गिय परिवारबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरुलाई समेत अध्ययनको वातावरणका निर्माणका लागि प्रयत्न र पहलकदमी गरेका छौ, क्याम्पस अनुसन्धानको केन्द्र हुनुपर्छ हाम्रो प्रयत्न यता तर्फ हो ।
भर्खरै सामाजिक सञ्जाल र अन्तराष्ट्रिय मिडिया समेतले जहरलाल नेहरु विश्वविद्यालय (जे. एन. यु) का विद्यार्थी नेताहरु माथि नकावधारीले हमला गरेको खबर चर्चामा आएको छ । जे.एन.यु मा नकाबधारीले भौतिक हमला गरे । मरबमा पनि त्यस्तै नकाबधारीको सांगठनिक अभौतिक तर षणयन्त्रपूर्ण हमला छ जो मरब क्याम्पसलाई दोहन गरेर व्यक्तिगत लाभ लिईरहेका छन । तिनीहरु विरुद्ध जादै मरब क्याम्पसको समग्र सुधारको लागि हाम्रो अवको कार्यदिशा हुनुपर्दछ । तर यसो भन्दैमा मरब क्याम्पस सकियो भन्ने निष्कर्ष निकाल्नु हँुदैन निरन्तरको सम्बन्धित पक्षहरुको छलफल, बहस र पैरबीको माध्ययम कम्मर कसेर आजैबाट लाग्न जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार